काठमाडौं ।
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले कामना सेवा विकास बैंकसँग बैकान्स्योरेनस सम्झौता गरेको छ ।
बीमा सेवालाई फराकिलो बनाउने उद्देश्यले एभरेष्ट इन्स्योरेन्स कम्पनीले कामना सेवा विकास बैंकसँग बैंकान्स्योरेन्स सम्झौता गरेको हो । सम्झौतापछि कामना सेवा विकास बैंकका देशैभरिका शाखामार्फत एभरेष्ट इन्स्योरेन्सको कारोबार गर्न सकिने छ ।
सो सेवा आदान प्रदान सम्बन्धी सम्झौतापत्रमा एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात कामना सेवा विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् साथै बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने जनाइएको छ ।