Nepal Life Insurance

महालक्ष्मी लाईफ र सिद्घार्थ बैंकबीच बैंकान्स्योरेन्स सम्झौता

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार १०:१०

Nabaraj Neupane

काठमाडौं ।
महालक्ष्मीलाईफ इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सेवा प्रवाह सम्बन्धी सम्झौता भएको छ । सोमबार दुई कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको हो ।

सम्झौता अनुसार सिद्घार्थ बैंकका देशैभर रहेका एक सय ४६ वटा शाखा तथा भविष्य खोलिने शाखाहरुबाट समेत महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. को जीवनबीमा योजनाहरु बिक्री गर्ने तथा बीमा प्रिमियम लगायतका भुक्तानी गर्ने सुविधा सेवाग्राही पाउनेछन् ।

सबैभन्दा कान्छो बीमा कम्पनीको रुपमा ग त माघ २७ गतेबाट औपचारिक कारोबार सु गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानीफिर्ता बीमा योजनाका तीन थरी जीवन बीमा पोलिसीहरु बिक्री गर्दै आएको छ । स्थापनाको छोटो अवधीमा सो बीमा कम्पनीले उल्लेख्य प्रगति गरिसकेको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिनाभित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।

सम्झौतामा सिद्घार्थ बैंक लि. को तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र महालक्ष्मीलाईफ इन्स्योरेन्स लि.को तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....