Nepal Life Insurance

दाङ र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सको नयाँ शाखा

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार ११:५३

Nabaraj Neupane

काठमाडौं ।
जीवन बीमा अभियान तीव्र बनाउँदै गरेको आईएमई लाईफले मध्य पश्चिम नेपालको दाङ र सल्यानमा नयाँ शाखा विस्तार गरेको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङको घोराहीमा शाखा मार्फत औपचारिक रुपमा जीवन बीमाको कारोबार प्रारम्भ गरेको छ ।

शनिबार दाङको घोराहीमा आयोजित एक विशेष समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गरेको सो बिमा कम्पनीले जनाएकोछ ।

दाङमा शाखा उद्घाटन गरेको भोलिपल्ट सल्यानमा पनि नयाँ शाखा उद्घाटन गरिएको आईएमई लाईफले जनाएको छ । आइतबार सल्यानजिल्लाको शारदा नगरपालिका १, श्रीनगरमा रहेको शाखा कार्यालयको उद्घाटन सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केशबहादुर विष्ट र आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले संयूक्त रुपमा गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति विष्टले जिल्लामा आइएमई लाइफइन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासिन्दाहरुमा जीवनबीमाको पहुँच र यसप्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....