Nepal Life Insurance

जीवन बीमा गरेका ठकुरीलाई हृदयघात, सिटिजन लाईफद्वारा पाँच लाख बीमा दावी भुक्तानी

प्रकाशित मिति: १२ चैत्र २०७५, मंगलवार ०७:४४

Nabaraj Neupane

काठमाडौं ।
जीवन बीमा आम मानिसको लागि बचत र सुरक्षा मात्रै नभएर जीवनको लागि रक्षा कवच बन्ने दिशामा अघि बढिरहेको छ । बुटवलका हरि सिंह ठकुरीले यसै वर्ष मात्रै सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका थिए ।

यही बीचमा केही समयअघि उनलाई हृदयघात भयो । हृदयघातपछि उनी उपचारको लागि काठमाडौं आए, सँगसँगै सिटिजन लाईफ इन्स्योरेन्सले हृदयघात हुँदा दिने सुविधाको बारेमा बुझे र घातक रोग बीमा दावी गरे । सो बमोजिक कम्पनीले उनलाई अस्पतालमै पुगेर पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कम्पनीका मूख्य सञ्चालन अधिकृत दशरथ मणि खड्काले हरि सिंह ठकुरीलाई सो चेक हस्तान्तरण गरेका हुन् । उनलाई उपचारको बिल, भौचर अनुसारको रकम हस्तान्तरण गरिएको सो कम्पनीले जनाएको छ ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले सञ्चालन गरेको क्रिटिकल केयर प्लस बीमा योजनामार्फत बीमितले सर्वाधिक १५ वटा घातक रोगहरु विरुद्ध ५० लाख सम्मको औषधि उपचार खर्च प्राप्त गर्नेछन् ।

सिटिजन लाईफ इन्स्योरेन्सले बिमितको दावी अनुसारको रकम हस्तान्तरण गरेको हो । सिईओ पोषक पौडेलले बीमा न्यूजसँग भने, ‘सिटिजन लाईफको जीवन बीमा अब बिमितको रक्षाकवच बन्न पुगेको छ, बीमा गरेको छ भने जोकोहीले उपचार पाइन, घातक रोग लाग्दा उपचार खर्च व्यहोर्न नसकी मर्नुपर्दैन ।’

सिईओ पौडेलका अनुसार विभिन्न प्रकारका हृदयघात, क्यान्सर, मृगौलाको रोग, बोनम्यारो ट्रान्सप्लान्ट, सिक्ले सेल एनेमिया रोगको उपचारको लागि रकम पाउनेछन् ।

कम्पनीले आइतबार उपचारको लागि काठमाडौंमा रहेका स्वयम बीमितलाई उपचार खर्च बापतको रकम अस्पतालमै पुर्याउन आउँदा दंग देखिन्थे । हृदयघातपछि महंगो उपचार गराउँदै आएका ठकुरीको स्वास्थ्यमा सुधार निको हुदैछन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....