Nepal Life Insurance

दुर्घटनाग्रस्त मोडलको बोईङ परिक्षण उडानै असफल, इन्जिनमा देखियो समस्या, ३७१ जहाजको बीमाको मारमा हवाई कम्पनीहरु

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार १४:४७

Nabaraj Neupane

एजेन्सीहरु ।
संसारभरका ३७१ वटा जहाज ग्राउण्डेड भएपछि तनावमा रहेको अमेरिकी जहाज निर्माता कम्पनी बोईङ मंगलबार थप तनावमा परेको छ । परिक्षण उडानकै क्रममा बोईङ म्याक्स जहाजको इन्जिनमा गम्भिर समस्या उत्पन्न भएपछि उडेको १९ मिनेटमै अमेरिकाको ओर्लाण्डो विमानस्थलमा आपतकालिन अवतरण गराउनु परेको छ ।

चीनले एयरबससँग तीन सय वटा नयाँ जहाज खरिद गर्ने सम्झौता गरेकै दिन अमेरिकी जहाज निर्माता कम्पनी बोईङको म्याक्स ८ मोडलको जहाजमा अर्को समस्या देखिएको छ । परिक्षण उडानकै क्रममा आपतकालिन अवतरण गर्नुपरेपछि ग्राउण्डेड भएका जहाजहरु तत्काल उड्न पाउनेमा आशंका जन्मेको छ ।

संसारभरका जहाज कम्पनीहरुले प्रति जहाज मासिक साढे तीन करोडभन्दा बढि रकम बीमा, जहाज पार्किङ, कर्मचारीलाई तलब लगायतमा खर्च गरेर ३७१ वटा जहाजहरु झण्डै एक महिनादेखि ग्राउण्डेड छन् । अमेरिकी कम्पनी साउथवेष्ट लगायतका कम्पनीहरु, चीनको एयर चाईना, भारतको जेट एयरवेज, दुबईको फ्लाई दुबई, सिंगापुर एयरलाइन्स, थाईल्याण्डको लायन एयरलाइन्स तथा इथोपियन एयरलाइन्सले बोईङ कम्पनीको म्याक्स–८ जहाज खरिद गरेर उडान गर्दै आएका थिए । जहाज ग्राउण्डेड भएपछि संसारभरका हवाई कम्पनीहरुलाई आर्थिक भारमा परेको रोयटर्सले जनाएको छ ।

इथोपियन एयरलाइन्सको बोईङ ७३७ म्याक्स ८ मोडलको जहाज उडेको केही समयपछि नै दुर्घटनाग्रस्त परेपछि बोईङ कम्पनीले संसारभर उक्त मोडलको जहाजको व्यवसायिक उडान रोकेर अनुसन्धान गरिरहेको छ । बोईङ कम्पनीले उक्त मोडलका जहाजमा रहेको समस्या हल गर्न सफ्टवयेर परिवर्तन गरेर परिक्षण उडान गर्दै आएको छ । परिक्षण उडानकै क्रममा जहाजमा समस्या देखिएपछि बोईङ कम्पनी तनावमा परेको हो ।

मंगलबार परिक्षण उडानकै क्रममा जहाज १९ मिनेट जहाजले आपतकालिन अवतरण गर्नु परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सो जहाजको ईन्जिनमा समस्या देखिएपछि पाईलटहरुले कुशलतापूर्वक सकुशल अवतरण गराउन सफल भएको साउथ वेष्ट एयरलाइन्सले जनाएको छ । ग्रीनबीच समय अनुसार साँझ ६ः४१ बजे उडेको जहाज १९ मिनेट आकाशमा एक फन्को मारेर अवतरण गरेको थियो । उडको दुई मिनेटमा २१ सय फिटमाथि पुगेको जहाजले आकाशमा उचाई कायम गर्न नसकी पुनः १७ सय फिटको उचाईमा झरेर सोही विमानस्थलमा सकुशल अवतरण गराइएको थियो ।

यही मोडेलका विमान इथियोपिया र इन्डोनेसियामा छ महिनाका अन्तरालमा दुई पटक दुर्घटनाग्रस्त भइसकेका छन् । दुवै दुर्घटनाका प्रकृति समान छन्, उडेको केही समयपछि नै दुर्घटनाग्रस्त ।

अमेरिकी संघीय नागरिक उड्डयन प्रशासन (एफएए) का अनुसार परिक्षण उडानको क्रममा रहेको यात्रुरहीत उक्त विमान भिक्टोरभिल्ली विमानस्थलको उडानमा रहेको र इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको हो । एफएएले उक्त घटनाको जाँच शुरु गरिसकेको जनाएको छ ।

यसैबीच, साउथवेस्ट एयरलाइन्सका प्रवक्ता ड्यान ल्यान्डसनले पाइलटहरुले निकै सुझबुझका साथ विमानलाई सुरक्षित रुपमा अवतरण गराएको बताउनुभयो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....