Nepal Life Insurance

दुर्घटनाग्रस्त इथोपियन जहाज र यात्रुको कूल १० अर्ब बीमा दावी पर्ने

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार १८:३०

Nabaraj Neupane

काठमाडौं/एजेन्सीहरु ।
यही मार्च १० तारिखका दिन दिन इथोपियाको राजधानी अड्डिस अब्बाबाट उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको इथोपियन एयरलाइन्सको बोईङ ७३७ म्याक्स ८ जहाजको बीमा दावी कति पर्छ होला ? नेपालमा ठूलो हाईड्रो प्रोजेक्ट बन्ने रकम बीमा दावी पर्ने देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले करिब १० अर्ब रुपैयाँ बीमा दावी पर्ने र त्यसले बीमा कम्पनीमाथि ठूलो आर्थिक भार पर्ने रोयटर्सले जनाएको छ ।

संसारभर चासोको विषय बनेको बीमा अन्तर्राष्ट्रिय बीमा कम्पनीहरुले भने ठुलो रकम क्षतिपूर्ति तिर्नुअघि अमेरिकी हवाई जहाज निर्माता कम्पनी बोईङका विरुद्धमा मुद्दा दर्ता गर्नेबारेमा बहस सुरु गरेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उक्त जहाजको बीमा दावी करिब पाँच करोड डलर अर्थात झण्डै नेपाली रुपैयाँ छ अर्ब बीमा दावी पर्नेछ । त्यस्तै एक सय ५७ यात्रुको प्रतिव्यक्ति एक लाख ६० हजार डलरका दरले हुन आउने रकम तथा पाईलट तथा क्रुमेम्वर समेतको रकम जोडिदा करिब तीन करोड डलर अर्थात नेपाली रुपैयाँ सवा तीन अर्ब रुपैयाँ बीमा दावी पर्नेछ । त्यस्तै सो जहाजमा कार्गो समेत रहेकाले कार्गोको समेत बीमा दावी भुक्तानी गर्दा कूल १० अर्ब रुपैयाँ हुन आउनेछ ।

जहाजको बीमा रकम ५ करोड डलर (अनुमानित)
यात्रुको बीमा रकम ३ करोड डलर (अनुमानित)
कार्गोको बीमा रकम एक करोड डलर (अनुमानित)

रोयटर्सका अनुसार विलिज वाटर वास्टर्न इथोपियन एयरलाइन्सको अन्तर्राष्ट्रिय एजेन्ट भएको खुलाएको छ । उसले जहाज तथा यात्रुहरु कुन कुन कम्पनीमा बीमा गरेको छ, ति कम्पनीहरुमा बीमा दावी गर्ने तयारी सुरु गरेको छ ।

त्यस्तै केही ठूला अन्तर्राष्ट्रिय बीमा कम्पनीहरु भने इथोपियन जहाजको बीमा दावी नआउँदै उत्पादकको कारणले भएको दुर्घटनाको क्षतिपूर्तिका लागि बोईङसँग बीमा दावी गर्नेबारेमा छलफलमा जुटेका छन् । यद्यपि सो सम्बन्धमा निस्कर्ष भने आईसकेको छैन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....