Nepal Life Insurance

महालक्ष्मी लाईफ र ओम डेभलपमेन्ट बैंकबीच सम्झौता

प्रकाशित मिति: १५ चैत्र २०७५, शुक्रबार ०८:५८

Nabaraj Neupane

काठमाडौँ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. र ख बर्गको वित्तिय कारोबार गर्ने संस्था ओम डेभलपमेन्ट बैंकबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता सम्पन्न छ ।

सम्झौतामा ओम डेभलपमेन्ट बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

केही पहिले मात्रै कारोबार सुरु गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले बैंक तथा वित्तिय संस्थाहरुसँग बैंकान्स्योरेन्स सम्झौतालाई तीव्र बनाउँदै लगेकोछ । ओम डेभलपमेन्ट बैंकसँगको सम्झौतापछि सो बैंकको देशभर रहेका ५३ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को जीवनबीमा योजनाहरु बिक्री गर्न तथा सेवाग्राहीले प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७५ चैत्र मसान्तभित्र देशको २३ स्थानमाकारोबार सञ्चालनको तयारी गरिरहेको जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....