Nepal Life Insurance

बोईङ म्याक्स–८ जहाजमा म्यानुफ्याक्चरिङ डिफेक्टको खुलासा, १० अर्बको बीमा दावी बोईङतर्फ सोझिदै

प्रकाशित मिति: १५ चैत्र २०७५, शुक्रबार २३:२९

Nabaraj Neupane

काठमाडौँ ।
१९ दिनअघि दुर्घटनामा परेको इथोपियन एयरलाईन्सको जहाज म्याग्निफ्याक्चरिङ डिफेक्टका कारण भएको खुलासा भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम वालस्ट्रीट जर्नलका अनुसार १५७ जनाको मृत्यु हुने गरी इथोपियामा भएको बोईङ ७३७ म्याक्स–८ हवाई जहाज दुर्घटनाको मुख्य जिम्मेवार जहाज निर्माता कम्पनी बोईङलाई ठहर्याईएको छ ।

सो पत्रिकाका अनुसार इथोपियन एयरलाइन्सको बोईङ ७३७ म्याक्स–८ जहाज दुर्घटना हुनुअघि बोईङ कम्पनीले जहाजमा जडान गरेको स्वचालित प्रणाली सक्रिय भएको पुष्टि गर्दै पटक पटक पाईपटले जहाज माथितिर सोझ्याउन खोज्दा पनि असफल भएको अन्तिम निष्कर्ष निकालेका छन् ।

बोईङ कम्पनीले स्याटेलाईट अनुगमनको क्रममा जहाजमा स्वचालित रुपमा जहाजलाई तलतिर घोप्टाउने प्रणाली सक्रिय भएको पुष्टि गरेको वाल स्ट्रीट जर्नलले उल्लेख गरेको बीबीसीले जनाएको छ ।

यसअघि गत अक्टोबरमा इण्डोनेशियामा दुर्घटनामा परेको थाईल्याण्डको लायन एयरको जहाज पनि सोही प्रकृतिको भएको पुष्टि गर्दै बोईङ ७३७ म्याक्स–८ मा जडान गरिएको यन्त्र नै दुवै जहाज दुर्घटनाको मुख्य जिम्मेवार ठहर्याईएको छ । यद्यपि सो सम्बन्धमा बोईङ कम्पनीले भने प्रतिक्रिया दिन अस्वीकार गर्दै सो सम्बन्धमा अनुसन्धान जारी रहेको जनाएको छ ।

अनुसन्धानात्मक रिपोर्ट सार्वजनिक गर्ने सो पत्रिकाले सन् २०१७ बाट व्यवसायिक उडान गरेको जहाजमा जडित एमसिएएस सिष्टमकै कारण इथोपियन जहाज र लायन एयरको जहाज दुर्घटनामा परेको तथ्य फेला परेको दावी गरिएको छ । अमेरिकी संघीय उड्डयन एडमिनिस्ट्रेशनलाई दुर्घटना सम्बन्धी विज्ञहरुले गरेको ब्रिफिङमा म्यानुफ्याक्चरिङ डिफेक्ट नै मुख्य कारण रहेको उल्लेख छ । अज्ञात स्रोतलाई उध्रित गर्दै प्रकाशित समाचारमा जहाजको नोज जमिनतर्फ सोझिनुअघि एम सि ए एस पद्धति सक्रिय भई पाईलटको जहाजलाई नियन्त्रणमा लिने पटक पटकको प्रयास असफल भएको जनाइएको छ ।

एम सि ए एस पद्धति जहाज उडान भर्ने समयमा धेरै ठाडो हुन नदिन जडान गरिएको अटोमेटिक सेन्सर हो । उक्त सेन्सरले जहाज धेरै ठाडो भएको अवस्थामा एम सि ए एस पद्धति सक्रिय भई जहाजको नोजलाई केही डाउन गरी अटोमेटिक नियन्त्रणमा लिने गर्दछ ।

थोपियन एयरलाइन्सको जहाज पनि उडेको केही मिनेटभित्रैमा उक्त यन्त्र सक्रिय भई पाईलटले जहाजलाई माथि उठाउन पटक पटक प्रयास गर्दा समेत असफल भई जहाजमै जडित यन्त्रले जमिनमा जोत्न लगेको निष्कर्ष निकालिएको छ । यसअघि फ्लाईट राडारको तथ्याङ्कमा जहाज उडे लगत्तै भर्टिकल स्पीडमा नाटकीय तलमाथि आएको देखिएको थियो ।

यसअघिको लायन एयरको जहाज दुर्घटनामा पनि पाईलटले करिब २० पटक जहाजलाई माथि उठाउन खोज्दा पनि अटोमेटिक रुपमा जहाज जमिनतर्फ सोझिएर दुर्घटनामा परेको तथ्य फेला परेको थियो । त्यतिबेला बोईङ म्याक्स ८ मा आएको समस्याबारे गम्भिर अध्ययन गरेको भन्दै अमेरिकी उड्डयन प्रशासनमाथि गम्भिर प्रश्न उठाइएको छ ।

उता, जहाज निर्माता कम्पनीको म्यानुफ्याक्चरिङ डिफेक्ट देखिएपछि उक्त दुर्घटनाको कूल बीमा दावी १० अर्ब रुपैयाँको दावी बोईङ कम्पनीतर्फ सोझिने संकेत गरेको छ । इथोपियन एयरलाइन्सको जहाज बीमा गर्ने कम्पनी चुव र स्वीस रि इन्स्योरेन्स कम्पनीले सो सम्बन्धमा आफ्ना कानुन व्यवसायीहरुसँग परामर्श सुरु गरेको जनाएका छन् ।

स्वीस रि इन्स्योरेन्सले दुर्घटनाको कारण प्रष्ट रुपमा खोजि गरिरहेको जनाएको छ । लण्डन मुख्यालय रहेको विल्लिज टावर वाल्र्टन मुख्य एजेण्ट रहेको सो जहाजको मुख्य बीमा कम्पनी ६१ बिलियन डलरको चुब र स्वी रि हो । चुबले समेत म्यानुफ्याक्चरिङ डिफेक्ट भेटिए आफूले बोईङ कम्पनीसँग बीमा दावी गर्ने जनाइसकेको छ ।

बोईङ ७३७ म्याक्स ८ मोडलका जहाजहरु ३७१ वटा उत्पादन गरी आपूर्ति गरिसकेको छ भने सयौं जहाज निर्माणाधिन अवस्थामा छन् । आपूर्ति गरिएका जहाजहरु बोईङ कम्पनीले आफ्नो त्रुटी फेला पारेर ग्राउण्डेड गर्न भनेको छ भने चीन, सिंगापुर, इण्डोनेसिया, इथोपिया, भारतलगायतका देशहरुमा भने उडान भर्न प्रतिबन्ध लगाइएको छ । सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोईङ कम्पनीको पक्षमा बोल्दै जहाजमा कुनै समस्या नरहेको भन्दै उडान भर्न आग्रह गरेका थिए ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....