Nepal Life Insurance

बारामा हुण्डरीको ताण्डव, ३१ जनाको मृत्यु, करोडौंको बीमा दावी पर्दैै

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार ०९:३०

Nabaraj Neupane

बीमा न्यूज/काठमाडौं/बारा
आइतबार राति ७ः३० बजेको समयमा आएको नाटकीय र भिषण हुण्डरीको कारण बारा र पर्सामा ३१ जनाको मृत्यु भएको छ । अनौपचारिक सूत्रले मृत्यु हुनेको संख्या ५० भन्दा बढि भएको दावी गरेपनि स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।

घटनामा चार सयभन्दा बढि घाईते छन् । प्रत्यक्षदर्शी प्रकाश सापकोटाका अनुसार साँझ ७ः३० बजे आएको आश्चर्यजनक हुण्डरीले गुडिरहेको बस, ट्रक तथा ट्याक्टर पल्याई दियो भने, म्याजिक गाडी, टेम्पो, मोटरसाईकल तथा पैदल यात्रुहरुलाई आकाशमा उडाएको थियो । घट्नापछि हिजो रातैभरि सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भयो भने सडक सम्पर्क समेत बिच्छेद हुन पुग्यो । सडकमा बिजुलीका प्रायः सबै पोलहरु ढलेका छन् भने रुखहरु अधिकांश ढलेका कारण सडक, सञ्चार विच्छेद भएको हो । सम्पर्क बिच्छेदका कारण उद्धार तथा राहत वितरण समेत हुन नसकेको प्रहरीले जनाएको छ । आज विहानैबाट नेपाली सेनाले सडक सञ्चार अवरुद्ध हटाएको भने अल्पकालिन व्यवस्था गरेर टेलिफोन खुलाउने प्रयास जारी छ ।

घटनामा चार सयभन्दा बढि घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने कतिपयलाई हेटौडा, नारायणगढ, बीरगन्ज, काठमाडौं तथा भारतमा समेत उपचार भइरहेकोछ । घटनास्थलमा २७ जनाको मृत्यु भएकोमा घाइते अवस्थामा अस्पताल पुर्याइएकाहरु समेत मृत्यु भएको जनाइएको छ ।

बाराबाट पत्रकार वेद भट्टले दिएको जानकारी अनुसार मृतकको संख्या ५० भन्दा बढि रहेको र पुष्टि नसकेको बताएका छन् । असिना र पानीसँगै आएको हावाहुरीले मध्य तराइको बारा, पर्सा र रौतहटमा ठुलो धनजनको क्षति भएको छ । हावाहुरीले बारा जिल्लाको विभिन्न ठाउँमा आइतबार राति कम्तीमा ३१ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।

कलैया अस्पतालमा मात्रै मृतकको संख्या १६ पुगिसकेको छ । अन्य स्वास्थ्य संस्थाबाट पनि मृतकको संख्याबारे यकिन तथ्यांक निकाल्ने प्रयास भइरहेको बाराका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

प्रदेश २ सरकारका मुख्य न्यायधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरबलीया, फेटाको वडा नम्बर ६ चैनपुर सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् । प्रदेश नं २ सरकारले मृतकलाई प्रतिव्यक्ति तीन लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ ।

यसैबीच, आइतबार बारा, पर्सा र रौतहटलाई केन्द्रबिन्दु बनाएर आएको हुण्डरीको कारण सो क्षेत्रमा पुगेको क्षतिले नेपालको बीमा क्षेत्रमा समेत ठूलो प्रभाव पार्नेछ । औद्योगिक क्षेत्रमा अर्बौ रुपैयाँको बीमा गरिएका कारण करोडौं बीमा दावी पर्नेछ । त्यस्तै सयौं मानिसहरु घाइते भएका कारण स्वास्थ्य बीमा समेत असर गर्नेछ भने सम्पत्ति बीमामा ठूलो रकम दावी पर्ने देखिएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....