Nepal Life Insurance

बारा हुण्डरीको क्षति १० डिजिटभन्दा माथि, बीमा कम्पनीमा आउने थाले दावी

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार १०:५५

Nabaraj Neupane

बीमा न्यूज/बारा
आइतबार साँझ हुण्डरीको बितण्डामा परेको बारा, पर्सालगायतका क्षेत्र अर्बौको जनधनको क्षति भएको छ । यो समाचार तयारग गर्दासम्म ३१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

भौतिक क्षति अर्बौको पुगेको स्थानीय बीमा कम्पनीहरुले जनाएका छन् । बीमा न्यूजसँग कुराकानी गर्दै बीमा कम्पनीको शाखा प्रमुखहरुले १० डिजिट अर्थात अर्बभन्दा माथिको बीमा दावी पर्ने बताएका छन् । सयौं निजि कार, सार्वजनिक गाडीहरु सडकमा पल्टेको अवस्थामा रहेको, औद्योगिक क्षेत्रमा ठुलो क्षति पुगेको तथा गाउँ गाउँमा पशु चौपायाहरु समेत मरेकाले बीमाको दावी नसोचेको पर्न सक्ने चेतावनी दिएका छन् ।

बीरगन्जस्थित जनरल इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख धनन्जय थोकरले बीमा न्यूजसँग भने, ‘सडकभरि गाडी पल्टेका छन्, उद्योगहरु क्षतिग्रस्त छन्, गाउँ गाउँमा पशुहरु मरेका छन्, अर्बभन्दा माथिको बीमा दावी पने देखिन्छ ।’ उनले आफूहरु विहानैदेखि आफ्ना सेवाग्राहीहरुको बारेमा अपडेट लिइरहेको र साँझसम्म एउटा फिगर आउन सक्ने बताए । थोकरका अनुसार प्रारम्भिक चरणमा सोचेजस्तो भन्दा बीमा दावी फरक आउने बताए । स्वीप गर्ने हिसाबले हुण्डरीले क्षति पुगेकाले बीमा दावी ठूलो रकमको पर्न सक्ने थोकरले बताए ।

उता, नेपाल इन्स्योरेन्स कम्पनीमा आज विहान कार्यालय खुल्ने बित्तिकै तीन वटा बीमा दावी परेको छ । शाखा प्रमुख गोबिन्दराज दाहालका अनुसार दुई वटा उद्योगको बीमा दावी परेको छ भने एउटा कुखुरा फार्ममा क्षति पुगेको भन्दै बीमा दावी परेको छ ।
औद्योगिक क्षेत्रमा समेत ठूलो मात्रामा दावी परेकाले साँझसम्म विस्तृत विवरण आउने उनले बताए । बीमान्यूजसँग टेलिफोनमा कुराकानीमा भने, ‘तीन वटा दावी परेको छ । हामी हेर्न जाँदैछौं, एक दुई दिनमा बीमा दावीको विवरण तयार हुन्छ होला ।’

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....