Nepal Life Insurance

‘मैले घ्याच्च ब्रेक लगाए, ट्रक–बसहरु पल्टिएँ, म्याजिक र मोटरसाइकलहरु मान्छेसहित उड्न थाले’

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार १२:२५

Nabaraj Neupane

बीमा न्युज/बारा
प्रकाश सापकोटा
म स्वरोजगार ट्रक चालक हु । सदा झै ट्रकमा सामान लोड गर्न बीरगन्ज गएको थिए । जगदम्बा कार्टुन उद्योगमा कार्टुन लोड गरेर साँझ त्यस्तै सात बजेतिर म काठमाडौंको लागि निस्के । भर्खरै मात्रै साँझ परेको थियो । करिब एक किलो मिटरजति अगाडि बढेर परवानीपुर पुग्नै लाग्दा हावा बेस्सरी चल्न थाल्यो ।

प्रकाश सापकोटा

त्यतिकैमा परबाट जस्ताका पाताहरु उड्दै आएको देखेँ सुरुमा त तीन छक परे । मैले घ्याच्च ब्रेक लगाए, ट्रक–बसहरु पल्टिएँ, म्याजिक र मोटरसाइकलहरु मान्छेसहित उड्न थाले । पूर्वतिरबाट बेस्सरी हावासँगै सरसामानहरु आकाशभरि उडाउँदै हुरी पो आइरहेको रहेछ ।

जस्ताका पाताहरु उडेर आउन थाले । अगाडि पछाडिको गाडीहरु भटाभट पल्टिन थाले । म त के भइरहेको छ भनेर छक पर्न थाले । म एकदमै अत्तालिए, मेरो गाडीको सिसाहरु फुट्न थाले, पोलहरु ढल्न थाले । हुरी अब हुण्डरीमा परिणत भयो, सडकमा गुडेका ट्रक, र बसहरु पल्टिन थाले । मेरो अगाडि पट्टि रहेको ट्रक पल्टियो । अलि पर यात्रुबाहक बस नै पनि पल्टियो । मानिसहरु त्यही बसमुनी च्यापिए । कराएको सुनिएन, हात हल्लाएर सहयोग मागेको जस्तो देखिन्थ्यो । बाहिर निस्कने अवस्था थिएन ।

त्यतिकैमा म्याजिक गाडी र मोटरसाइकलहरु उडेको देखे । हुण्डरी यति ठूलो थियो कि म्याजिक र मोटरसाइकलहरुलाई सडकबाट उठाएर खेतमा फ्याकिरहेको थियो । हुण्डरी रोकिएपछि हेर्दा सयौं गाडीहरु पल्टिएको देखे ।

करिब ३–४ मिनेट जति ठूलो हुण्डरी आएपछि रोकियो । बाहिर निस्कदा सबै ध्वस्त भइसकेको थिया । सडक चल्ने अवस्थामा थिएन । घाइतेहरुलाई मानिसले बोकेरै कुदाईरहेका थिए । खाने कुरा कही कतै केही थिएन । बिजुलीको पोलहरु ढलेर बत्ति नभएर अन्धकार थियो भने टेलिफोन सम्पर्क कठिन भइरहेको थियो ।

आफ्नो ट्रक पनि काठमाडौंसम्म पुग्ने अवस्थामा थिएन । नेको इन्स्योरेन्समा बीमा गरेको थिए । आज विहानै ट्रकको सामान अर्को गाडीमा पठाएर बीमा क्लेम गर्न पुलिस रिपोर्ट तयार गर्दैछु ।

बारामा हिजोको हुण्डरीले ठूलो बितण्डा मच्चाएको छ । गाउँ गाउँमा खानेकुराको अभाव छ । तत्काल खाद्यान्न र आज राति सुत्ने ठाउँ व्यवस्था गर्न सबैमा अनुरोध गर्दछु । (बीमा न्यूज प्रतिनिधिले कुराकानीमा आधारित भएर तयार पारेको सामग्री)

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....