Nepal Life Insurance

प्रधानमन्त्री ओली हुण्डरीग्रस्त क्षेत्रमा, बारा अस्पतालमा घाइतेसँग भेटवार्ता

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार १५:४२

Nabaraj Neupane

बारा/काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली झापामा आजको लागि निर्धारित कार्यक्रम रद्द गरेर हुण्डरीग्रस्त बारा जिल्लाको आईपुग्नु भएको छ । नेपाली सेनाको स्काई जहाजबाट हुण्डरीग्रस्त क्षेत्रको अवलोकन गर्नु भएका प्रधानमन्त्री ओलीले बारा जिल्ला अस्पतालमा पुगेर घाइतेहरुसँग भेटवार्ता गर्नु भएको छ ।

हुुण्डरीग्रस्त क्षेत्रको निरिक्षण पश्चात प्रम ओलीले राज्यका निकायलाई राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अन्ुसार प्रम ओलीले घाइतेहरुसँग भेटेर उपचार खर्च व्यहोर्ने, पुनर्बासको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे पनि जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाका बारेमा ब्रिफिङ गर्नुभएको थियो ।

गए राति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हुण्डरीले बितण्डा मच्चाएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीसम्बद्ध सांसदको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहनुभएका ओलीले राहत र उद्धारमा खटिन पार्टीका नेता कार्यकर्तासँगसमेत आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीको साथमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ समेत सहभागी हुनुहुन्छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....