Nepal Life Insurance

हुण्डरीले १५ करोडको विद्युत सम्पत्ति क्षतिग्रस्त, बीमा नगर्दा प्राधिकरण आफैले व्यहोर्न बाध्य

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलवार ०९:४३

Nabaraj Neupane

बीमा न्यूज/काठमाडौं ।
आइतबार साँझ आएको विध्वंसकारी हुण्डरीका कारण बारा र पर्सा क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको करिब दुई हजार पोल, हजारौं मिटर तार तथा सयौं ट्रान्सफर्मर कामै नलाग्ने गरी क्षतिग्रस्त बनेको विद्युत प्राधिकरणले जनाएको छ । बीमा गर्नेै प्रचलन नभएका कारण प्राधिकरणले बीमा दावी भने गर्न पाउनै छैन । भौतिक सम्पत्तिको रक्षाको लागि विकास पूर्वाधारहरुको अनिवार्य बीमा गर्नुपर्ने नियम भएपनि प्राधिकरणले भने देशैभरिका आफ्ना सम्पत्तिहरुको बीमा नगर्ने गरेको स्रोतले जनाएको छ ।

तर, नेपाल विद्युत प्राधिकरणले देशैभरिका आफ्ना संरचनाको बीमा नगरेका कारण कही कतैबाट क्षतिपूर्ति नपाउने भएको हो । नेपाल विद्युत प्राधिकरणका प्रबक्ता परवल अधिकारीका अनुसार नेपाल विद्युत प्राधिकरणले आफ्ना संरचनाको बीमा नगरेका कारण आइतबार आएको हुण्डरीबाट क्षति पुगेको भौतिक संरचनाको बीमा दावी गर्न पाउने छैन ।

प्राधिकरण स्रूत्रका अनुसार क्षतिग्रस्त भौतिक सम्पत्तिको दायित्व प्राधिकरण आफैले व्यहोर्दै आएको छ । आइतबारको हुण्डरीमा स्थानीय भौतिक सम्पत्ति मात्रै नभएर अन्तरदेशीय प्रशारण लाइनमा समेत क्षति पुगेको छ । प्रशारण लाइनको समेत बीमा नगरिएका कारण कुनै बीमा दावी हुने छैन ।

प्रबक्ता अधिकारीले बीमा न्यूजसँग भने, ‘बिद्युत वितरण प्रणाली, ट्रान्समिशन, प्रशारण लाइन तथा पावर प्लान्टको समेत बीमा गर्ने गरिएको छैन ।’

आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको १५ करोड बराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ । वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराको सदरमुकाम कलैयामा विद्युत् आपूर्ति नियमित रहेको छ ।

हुरीबतासका कारण परवानीपुर–वीरगञ्ज ६६ केभी डबल सर्किट प्रसारण लाइनमा क्षति पुगी विद्युत् आपूर्तिमा समस्या आएको छ । यस्तै वीरगञ्ज–कलैया ३३ केभी प्रसारण लाइनमा समेत क्षति पुगेका कारण विद्युत् आपूर्तिमा समस्या आएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।

भारतबाट विद्युत् आयात हुने १३२ केभी रक्सौल–परवानीपुर प्रसारण लाइनको ठूलो टावरमा समेत क्षतिग्रस्त भएको छ । सोही कारण विद्युत् आपूर्तिमा समस्या आएको छ । कलैया वितरण केन्द्रअन्तर्गतको विद्युत् प्रणालीमा मात्र एक हजार ५०० खम्बा ढलेका छन् । क्षतिग्रस्त भएका प्राधिकरणको संरचना तत्काल मर्मत गरी विद्युत् आपूर्ति नियमित गराउनका लागि प्राधिकरणको हेटाँैडास्थित क्षेत्रीय कार्यालयको टोली तथा बारा र पर्साको टोली आँधी हुरी प्रभावित क्षेत्रमा पुगेका छन् ।

हेटाँैडा क्षेत्रीय कार्यालयका प्रमुख नवराज सुवेदीका अनुसार सोमबार साँझसम्म केही स्थानमा र मङ्गलबार अबेरसम्म सकेसम्म सबै स्थानमा विद्युत् आपूर्ति गर्ने तयारीमा प्राधिकरण जुटेको सुवेदीले जानकारी दिनुभयो । हावाहुरीले प्राधिकरणका तार चुन्डेका छन् भने ट्रान्सफर्मरसमेत लडेर क्षति पुगेको प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयले जनाएको छ ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....