Nepal Life Insurance

विहानै हुण्डरीग्रस्त बारा पुग्यो एशियन लाईफको राहत सामग्री

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलवार १२:०५

Nabaraj Neupane

काठमाडौं ।
राहत सामग्री लिएर एशियन लाईफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरु आज विहानै बारा जिल्लाको हुण्डरीग्रस्त क्षेत्रमा पुगेका छन् । सामाजिक उत्तर दायित्व अन्तर्गत केही राहत सामग्रीहरु आफूहरु बाराको फेटालगायतका क्षेत्रमा पुगेको एशियन लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ राजेश कुमार श्रेष्ठले हुण्डरी पीडित जनताको लागि सामाजिक उत्तर दायित्व अन्तर्गत तत्काल प्रभावित क्षेत्रमा टोली पठाइएको बताए । सिईओ श्रेष्ठका अनुसार चाउचाऊ लगायतका तत्काल खानको लागि खाद्यान्न, जुसलगायतका सामग्री प्रभावित क्षेत्रमा केन्द्रको निर्देशनमा शाखा कार्यालयमार्फत वितरण गरिएको हो ।

त्यस्तै, एशियन लाईफ इन्स्योरेन्स कम्पनीले यही चैत्र २१ गते बिहिवार केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी आक्रामक बजार विस्तार गर्दै गरेको जीवन बीमा कम्पनी हो । हाल सो कम्पनीले आगामी बैशाख २४ गतेसम्म व्यतित बीमालेखलाई पुनर्जीवनको लागि विशेष छुट अफर सञ्चालन गरिरहेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....