Nepal Life Insurance

एनआईसी एसिया बैंकमार्फत महालक्ष्मी इन्स्योरेन्सको कारोबार गर्ने सम्झौता

प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलवार १४:४०

Nabaraj Neupane

काठमाडौं ।
आफूलाई निजि क्षेत्रको सबैभन्दा ठूलो बैंकको रुपमा दावी गर्दै आएको एनआईसी एसिया बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सोमबार दुई कम्पनीका बीचमा यस सम्बन्धी हस्ताक्षर सम्पन्न भएको महालक्ष्मी लाईफले जनाएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट सिईओ रमेश कुमार भट्टराई तथा एनआईसी एसिया बैंकको तर्फबाट सिईओ रोशन कुमार न्यौपानेले एक समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतासँग एनआईसी लाईफ इन्स्योरेन्सका देशैभरि रहेका शाखा कार्यालयमार्फत महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी बिक्री गर्ने तथा बीमाको शुल्क तिर्न मिल्नेछ । सम्झौतापछि बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २८१ वटै शाखाहरुबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त एनआईसी एशिया २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । यस बैंकमा करिब १४ लाख ५० हजार ग्राहक रहेको बैंकले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....