Nepal Life Insurance

बारा पर्साका हुण्डरी पीडितलाई बीमा दावीमा समस्या

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहीबार १२:२५

Nabaraj Neupane

बारा/काठमाडौं ।
गत आईतबार साँझ आएको बिध्वंसकारी हुण्डरीका कारण क्षतिग्रस्त संरचनाको बीमा दावी गर्न सेवाग्राहीलाई कठिन भएको छ । बीमा दावीको लागि प्रहरी प्रतिवेदन आवश्यक पर्ने र प्रायः सबै प्रहरीहरु राहत वितरणको लागि फिल्डमा खटिएका कारण प्रहरी प्रतिवेदन बनाउन झन्झटिलो भएको छ । जसका कारण बीमा दावी पर्न अझै केही दिन लाग्न सक्ने देखिएको छ ।

सो दिन बीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेका एक ट्रक चालकले दिएको जानकारी अनुसार प्रहरीले रिपोर्ट नबनाई बीमा कम्पनीले दावी स्वीकार नगर्ने तथा प्रहरीमा रिपोर्ट लेखाउन जाँदा निकै सास्ती पाएको गुनासो गरेका छन् । स्वरोजगार ट्रक चालक प्रकाश सापकोटाका अनुसार बीमाका लागि प्रहरी प्रतिवेदन बनाउन राहत वितरणमा प्रहरी खटिएको स्थलमै पुग्नु परेको दुखेसो पोख्दै भने, ‘प्रहरी भेट्टाउनै मुश्लिक पर्ने, बल्लतल्ल भेट्टाए पनि सेवाग्राहीको भिडभाडले समस्या परेको छ । कतै हस्ताक्षर गर्ने हाकिमलाई कुर्नुपर्ने त कतै फिल्डमै पुग्नुपर्ने समस्या परिरहेको छ ।’

यसैबीच, बीमा समितिले सबै बीमा कम्पनीहरुलाई बारा घट्नामा पुगेको क्षतिको सम्बन्धमा सर्भेर परिचालन गरी चाँडो सम्पन्न गराउन निर्देशन दिएको छ । समितिले निर्देशन अघि नै पनि बीमा कम्पनीका शाखा कार्यालय बीरगन्जमार्फत फिल्डमै खटिएर बीमितलाई राहत दिने प्रयास गरिएको थियो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....