Nepal Life Insurance

काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिकहरु अदक्ष र नैतिकता च्यूत ! जसले बढाउँदैछ हवाई जोखिम

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहीबार १३:४२

Nabaraj Neupane

काठमाडौैं ।
नेपालको आन्तरिक उडानमा रहेका साना जहाजले समेत ठूलो अन्तर्राष्ट्रिय उडान भर्ने जहाज सरह नै बीमा बापतको रकम बर्षेनी भुक्तानी गर्नुपर्ने बाध्यता छ । त्यसको मुख्य कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिचालित हुने एयर ट्राफिकहरु रहेको पाइएको छ । गत वर्ष युएस बंगला एयरको जहाज धावनमार्गमै दुर्घटना हुनुमा एयर ट्राफिक मुख्य रुपमा जिम्मेवार रहेको समाचार बाहिर उतिबेला नै आइसकेको हो । दुई दिन पहिले काठमाडौंबाट उडान भर्न बोर्डिङ गरिएको जहाजमा आठ घण्टासम्म यात्रु र चालकलाई थुनेर एयर ट्राफिकहरुले अमानवीय व्यवहार मात्रै गरेनन्, नैतिकता समेत च्यूत रहेको दृष्टान्त प्रस्तुत गरे ।

काठमाडौंबाट उड्न जहाजभित्र पसिसकेकाहरु आठ घण्टासम्म जहाजमै बस्न बाध्य भए भने जहाजमा १३ घण्टा बिताएर मात्रै गन्तव्यस्थलमा पुगे । निर्धारित विमानस्थल बन्द हुने समयमा तयार भएको जहाजलाई उडान अनुमति नदिएको सम्बन्धमा सरकारले पुनः अर्को छानविन टोली गठन गरेको छ । सरकारले छानविन टोली मात्रै बनाइरहने र हवाई ट्राफिकहरुले युएस बंगला, भिभिआईपी सवार जहाज होल्ड गर्ने, बोर्डिङ लिएका जहाजलाई विमानस्थलमै थुन्ने एयर ट्राफिकको प्रवृत्तिमा सुधार नहुने हो भने कुनै पनि नेपाली आकाशमा अर्को अकल्पिनीय दुर्घटना भई त्यसले सिंगो हवाई उद्योगमा असर नगर्ला भनेर भन्न सकिदैन ।

सामान्यतया, बोर्डिङ खुलाएर जहाजलाई ह्याङ्गरमा राखिसकेपछि उडाउनु पर्ने दायित्व सम्बन्धीत विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरहरुको हुन्छ ।
त्यस्तै, तीन साता बिराटनगरबाट काठमाडौं आउदै गरेको प्रधानमन्त्री सवार जहाजलाई आधा घण्टासम्म भक्तपुरमाथिको आकाशमा होल्ड गराएको सम्बन्धमा गठित समितिले एयर ट्राफिक कन्ट्रोलरको कान जचाउनुपर्ने सुझाव प्रस्तुत गरेबाट नेपालको काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान र अवतरण गर्नु उच्च जोखिम रहेको देखिन आएको छ ।

उडान र अवतरणको समयमा मिलि सेकेण्डको समेत निकै महत्वपूर्ण भूमिका हुने, लामो दुरीका जहाजमा रहेको यात्रुहरुलाई ढिलाई हुँदा कनेक्टिङ फ्लाईट छुट्ने समस्या हुन्छ । त्यसैले पनि जहाजको उडान र अवतरण अत्यन्तै जोखिम र संवेदनशील हुन्छ । त्यस्तो निकायमा बसेका कर्मचारीहरुको लापरवाहीका कारण काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै घट्ना भईहालेमा त्यसले नेपालका हवाई जहाज कम्पनीहरुले बीमा बापत तिर्नुपर्ने रकम झनै बढ्न जान्छ । बीमा रकममा बृद्धि हुँदा हवाई भाडामा समेत बृद्धि हुने गर्दछ ।

उसै त नेपालको हवाई दुर्घंटनाको दर उच्च रहेका कारण अन्तर्राष्ट्रिय बीमा कम्पनीहरुले बीमा शुल्क महंगो बनाइरहेको सन्दर्भमा पछिल्लो पटक इथोपियामा भएको हवाई दुर्घटनासँगै संसारभर नै हवाई बीमा रकममा बृद्धि हुने अनुमान गरिएको छ । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हुने लापरवाहीबाट सिंगो हवाई उद्योगमा समस्या पर्ने र नेपालबाट समेत पुनर्बिमा बापत ठूलो रकम बाहिर जाने हुँदा यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....