Nepal Life Insurance

मोटरसाईकल दुर्घटनामा परेकालाई अजोड इन्स्योरेन्सको बीमा रकम भुक्तानी

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहीबार १६:०३

Nabaraj Neupane

काठमाडौं ।
गत फागुन महिनामा मोटरसाइककल दुर्घटनामा परी निधन भएका डडेलधुरा अजयमेरु गाउँपालिका ५ का कृष्णप्रसाद पाठकका परिवारलाई अजोड इन्स्योरेन्स कम्पनीले बीमा रकम पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका बीचमा अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो पक्ष बीमा अन्तर्गत सवारी साधन चालकको वीमा रकम हस्तान्तरण गरेको जनाएको छ । कम्पनीले बीमितका आफन्तलाई बुधबार ५ लाख रुपैया रकम हस्तान्तरण गरेको हो । अजोड इन्स्योरेन्स कम्पनीले बीमा बापतको ५ लाख रुपैया हस्तान्तरण गरेको हो ।

बीमा दावी रकम अजोड इन्स्योरेन्स कम्पनीका सुदूरपश्चिम शाखा कार्यालय धनगढीका प्रमुख निर्मल कुमार साउँदले मृतक पाठककी श्रीमति पार्वती पाठकलाई हस्ताान्तरण गर्नुभएको कम्पनीले जनाएको छ ।

माघ २२ गते पाठकले मोटरसाइकलको तेस्रो पक्ष बीमा अन्तर्गत चालकको समेत बीमा गरेका थिए । बीमा गरेको केही समयपछि डेढ महिना अघि डडेल्धुराको मेलखर्कमा से ४ प ८२३९ नम्बर मोटरसाइकल दुर्घटनामा परि पाठकको ज्यान गएको थियो ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....