Nepal Life Insurance

नेपाल बिमक संघ निर्जिवन बीमा कम्पनीको नियन्त्रणमा, जीवन बीमा कम्पनी आउन चाहेमा केही पद खाली छनः उपाध्यक्ष प्रधान

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहीबार २१:००

Nabaraj Neupane

जीवन बीमा कम्पनी आउन चाहेमा केही पद खाली छनः उपाध्यक्ष प्रधान

काठमाडौं ।
यसअघि निर्जिवन बीमा कम्पनी र जीवन बीमा कम्पनीहरु एउटै संघको छातामुनी रहेकोमा परिवर्तित सन्दर्भमा निर्जिवन बीमा कम्पनीहरुले नेपाल बिमक संघलाई आफ्नो मात्रै संगठनको रुपमा अघि बढाएका छन् । यद्यपि एक जना जिम्मेवार पदाधिकारीले भने जीवन बीमा कम्पनी मिल्न चाहेको खण्डमा स्पेश राखिएको दावी गरेका छन् ।

निर्जिवन बीमा कम्पनीहरु मात्रै बसेर विशेष सधारणसभामार्फत नेपाल बिमक संघलाई अघि बढाएका छन् । यससँगै लामो इतिहास भएको बीमा कम्पनीहरुको साझा संगठन नेपाल बीमक संघ औपचारिक रुपमा फुटेको छ ।

बिहीबार सम्पन्न नेपाल विमक संघको विशेष साधारणसभाले दीप प्रकाश पाण्डेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गर्दै सो कार्य समितिमा जीवन बीमा कम्पनीको सहभागिता छैन । कार्य समितिमा मात्रै नभएको नभई संस्थागत रुपमा जीवन बीमा कम्पनीहरु आजको विशेष सधारणसभामा सहभागी नभएको एक जीवन बीमा कम्पनीका सिईओले बीमा न्यूजलाई जानकारी दिए ।

आज सम्पन्न विशेष सधारणसभाबाट चयन भएको नयाँ कार्यसमितिमा निर्जीवन बीमा कम्पनीका सीईओहरु मात्र चुनिएका छन् । विमक संघको उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका नुरप्रताप प्रधान चयन भएका छन् । त्यस्तै, सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्री संघको महासचिवमा चुनिएका छन् । त्यस्तै कोषाध्यक्षमा आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त बादे श्रेष्ठ चयन भएका छन् ।

संघको कार्यसमिति सदस्यमा एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लव पन्त, एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत कमल गौतम, प्रभु इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत संचित बर्जाचार्य, अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी कुमार बहादुर खत्री र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुवोधलाल श्रेष्ठ चयन भएका छन् ।

संघका नव निर्वाचित उपाध्यक्ष नूर प्रताप प्रधानले भने आफूहरु फुटेको नभई लामो समयदेखि अलपत्र परेको संस्थालाई गति प्रदान गरेको बताए । बीमा न्यूजसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपाध्यक्ष प्रधानले भने, जीवन बीमा कम्पनीका साथीहरुलाई धेरै आग्रह गर्यौं, उहाँहरुलाई लामो समय कुर्यौं पनि, उहाँहरु आउनु भएन, भ्याकूम राख्ने कुरा त भएन नि ?’ प्रतिस्पर्धी र चुनौतिपूर्ण बीमा बजारलाई थप व्यवस्थित, मर्यादित र स्वास्थ प्रतिस्पर्धाको लागि संघलाई अघि बढाउनुको विकल्प नभएर आफूहरु बाध्य भएको प्रधानले बताए ।

उपाध्यक्ष प्रधानले जीवन बीमा कम्पनीहरु यही संघ मातहत आउन चाहेमा स्पेश दिन तयार रहेको र त्यसैका लागि उपाध्यक्ष लगायतका केही पदहरु समेत खाली राखिएको बताए । नेपालमा कूल ४० वटा बीमा कम्पनी छ । निर्जीवन बीमा कम्पनी २० वटा छन् । जीवन बीमा कम्पनी १९ वटा र एउटी पुर्नबीमा कम्पनी छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....