Nepal Life Insurance

मिन बहादुरको दुखद निधन, छोरीको भविष्य सुधार्न श्रीमतले पाइन तीन लाख बीमा रकम

प्रकाशित मिति: २४ चैत्र २०७५, आईतवार ११:३६

Nabaraj Neupane

काठमाडौं ।
जीवन बीमा गर्दा बिमितमा आश्रित बाल बालिकाको समेत जोखिम बीमा कम्पनीले व्यहोर्न थालेपछि शोकमा डुबेकी बर्दिबासकी एक महिला छोरीको लालनपालनको धेरै तनाव झेल्नु नपर्ने भएपछि उनको मन केही हलुको भएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन बाल भविष्य योजना अन्तर्गत मृत्यु दाबी भुक्तानी वापत मृतककी श्रीमती भिम कुमारी थापालाई गत साता तीन लाख रुपैंया रकम हस्तान्तरण गरिएको छ । बर्दिबासमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय मिनबहादुर थापाकी श्रीमती भिमकुमारी थापालाई उनका बीमित छोरीको हकमा उक्त रकम प्रदान गरिएको सो बीमा कम्पनीले जनाएको छ ।

बर्दिबास नगरपालिका निवासी मिनबहादुर थापले जीवन बीमा गराएका थिए । यसै बीचमा उनको निधन भयो । बीमा कम्पनीले मानिसको दुःख र बिछोडमा परेकी धर्मपत्नी भिमकुमारी थापालाई प्रदेश सभाका सांसद शारदा थापा तथा बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रलाद क्षेत्रीले संयुक्त रुपमा बीमाङ्क रकम वापत २ लाख ५० हजार र काजकिरिया खर्च सुविधा अन्तर्गतको ५० हजार गरि जम्मा रु ३ लाखको चेक हस्तान्तरण गर्दै अघि बढ्न प्रोत्साहन गरेको छ ।

सिटिजन बाल भविष्य योजना अन्तर्गत प्रस्ताव कमिनबहादुर थापाको मृत्यु पश्चात बीमित छोरी सुमना थापाले बीमा शुल्क नतिरिक नै बीमा १५ वर्षसम्म मासिक दुई हजार सयको हिसाबले जम्मा ४ लाख ५० हजार साथै परिपक्व मितिमा थप बीमाङ्कको २ लाख ५० हजार बोनस रकम प्राप्त गर्नेछन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध ५० लाख सम्मको औषधि उपचार खर्च प्राप्त गर्नेछन् ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....