Nepal Life Insurance

एसियन लाईफ इन्स्योन्सको १२ औं बार्षिकोत्सव, रक्तदान र विविध कार्यक्रम, अझै उत्कृष्ट सेवा दिने प्रतिबद्धता

प्रकाशित मिति: २४ चैत्र २०७५, आईतवार १२:०८

Nabaraj Neupane

काठमाडौं ।
बीमा कम्पनीहरु सामाजिक उत्तरदायित्वप्रति पनि उत्तिकै सचेत छन् भन्ने तथ्यलाई पुष्टि गर्दै एशियन लाईफ इन्स्योरेन्स कम्पनीले १२ औं बार्षिकोत्सवको अवसरमा रक्तदान तथा विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको छ ।

२०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कार्यकालका एघारौं वर्ष पुरा गरी बाहौं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७३५ पिन्ट रगत संकलन भएको थियो । बारामा बिध्वंसकारी हुण्डरीबाट घाइतेहरुलाई उक्त रगतले थोरै भएपनि योगदान कम्पनीले बार्षिकोत्सवकै अवसरमा २०७५ चैत्र २०, २१ र २२ गते सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु सम्पन्न गरेको जनाएको छ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा सामाजिक सेवालाई विशेष प्राथमिकता दिई नेपालको पूर्व देखि पश्चिम सम्मका विभिन्न शाखाहरु तथा प्रधान कार्यालयमा २०७५ चैत्र २१ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कुल ७३५ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।

सोही अवसरमा ग्यालेक्सी इम्पेक्स क्षेत्रपाटीको सहयोगमा ११० जनाको निःशुल्क मधुमेह परिक्षण समेत गरियो । वार्षिकोत्सवकै अवसरमा २०७५ चैत्र २२ गते काठमाण्डौंमा जीवन बीमा सम्बन्धी जनचेतनामूलक प्रभातफेरी कार्यक्रम साथै मैतिदेवी मन्दिर परिसर सरसफाई गरियो । २०७५ चैत्र २० गते सफलता एचआइभी शिक्षा सदन(बेबी लाईफ होम) किर्तिपुरमा अध्ययनरत एचआइभी संक्रमित बालबालिकालाई खाद्यान्न, फलफूल तथा मिठाई वितरण गरिएको थियो ।

देशभर रहेका ११५ वटा शाखा उपशाखामार्फत् जीवन बीमा सेवा प्रदान गरिरहेको यस कम्पनीले ११ वर्षको अवधिमा २०७५ फागुन मसान्तसम्ममा कुल ४ लाख ५५ हजार बीमालेख बिक्री गरी कूल १६ अर्व ६९ करोड प्रिमियम संकलन गरिसकिएको छ भने २०७५ पौष मसान्तसम्म कम्पनीको जीवन बीमा कोष १५ अर्ब भन्दा बढी रहेको छ । कम्पनीको लगानी १५ अर्ब ३५ करोड रहेको छ ।

हालसम्म यस कम्पनीले एशियन सावधिक, अग्रिम भुक्तानी, आजीवन र म्यादी सहित २० वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । साथै १८ प्रकारका घातक रोगविरुद्धको रक्षावरण हुनेगरी ‘एशियन क्रिटिकल केयर’ समेत प्रचलनमा ल्याएको छ ।

बार्षिकोत्सवकै अवसरमा प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले कम्पनीले प्राप्त उपलब्धी हासिल गर्न सहयोग गर्ने समस्त ग्राहक वर्ग, अभिकर्ताप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....