Nepal Life Insurance

राहत बोकेर परवानीपुर पुग्यो राष्ट्रिय बीमा कम्पनी

प्रकाशित मिति: २४ चैत्र २०७५, आईतवार १२:२५

Nabaraj Neupane

काठमाडौं ।
हुण्डरीग्रस्त बाराका हजारौं जनता अझै खुला आकाश मुनी बस्दैछन् । बीमा क्षेत्रले हुण्डरीग्रस्त जनताको घाउमा सानै भएपनि मल्हम लगाउने प्रयास गरिरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय बीमा कम्पनी राहत सामग्री लिएर बाराको परवानीपुर पुगेको छ ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको एक टोली बाराको परवानीपुर गाउँपालिकामा पुगेर हावाहुरीबाट प्रभावितहरुलाई राहत सामाग्री वितरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज आचार्यसहित मुख्य व्यवस्थापक सुवास कोइराला, सुकल्याण पराजुली र शाखा कार्यालय विरगञ्जबाट खटिएका टोलीले घरवाहन विहिन स्थानीय जनतालाई दैनिक उपभोग्य सामग्री वितरण गरेको जनाएको छ ।

कर्मचारीहरुले दुई दिनको तलब जम्मा गरेर ५० परिवारको लागि राहत सामाग्री प्रति परिवार १ बोरा चामल, ५ केजी दाल, ५ केजी चिउरा, नुन २ केजी, दालमोठ १ केजीका दरले वितरण गरिएको कम्पनीले जनाएको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले पीडितहरुको लागि दुःख परेको बेला सहायता स्वरूप राहत वितरण गरिएको कम्पनीका व्यवस्थापक प्रमुख कोइरालाले बताए । यद्यपि कर्मचारीको दुई दिनको तलब कटौती गरेर सहयोग गरेको भएपनि सामाजिक उत्तरदायित्व अन्तर्गत कति रकम खर्च भयो भन्ने खुलाइएको छैन ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....