Nepal Life Insurance

एशियन लाईफ इन्स्योरेन्सको हकप्रद शेयर आजदेखि, नेपाल इन्स्योरेन्सको आजै सकिदै

प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार ११:१५

Nabaraj Neupane

काठमाडौं ।
बीमा क्षेत्रका दुई कम्पनीहरुको लागि आज निकै महत्वपूर्ण रहेको छ । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले आजदेखि हकप्रद शेयर जारी गर्दैछ भने नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर भर्ने अन्तिम दिन हो ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको ६० प्रतिशत हकप्रद आजदेखि बिक्री खुला सुरु भएको छ । सो कम्पनीका शेयर लिईसकेका सेयरधनीहरुले ७५ लाख ४० हजार कित्ता थप शेयर हकदावीको आधारमा १००ः६० प्रतिशतको रेसियोमा खरिद गर्न पाउनेछन् । प्राथमिक शेयरकै मूल्यमा खरिद गर्न पाउने हुँदा सो बीमा कम्पनीका शेयर लिईसकेका शेयरधनीहरुका लागि यो एउटा अवसर पनि हो । केयर रेटिङबाट कम्पनीको क्रेडिट रेटिङ गराउँदा एशियन लाईफको हकप्रद शेयरको लागि ३ रेटिङ पाएको छ । ३ लाई औसत मानिएको छ ।

एक अर्ब २५ करोड चुक्ता पुँजि रहेको कम्पनीको ६० प्रतिशत अर्थात ७५ लाख ४० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेपछि बीमा समितिले तोकेको दुई अर्ब चुक्ता पुँजि पुग्नेछ । कम्पनीको शेयर लगतमा गत फागुन २१ गतेसम्म कायम शेयरधनीहरुले नयाँ शेयर खरिद गर्न पाउनेछन् ।

आजदेखि खुल्ला भएको एशियन लाईफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर ०७६ वैशाख २९ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ ।

हकप्रद आवेदनका लागि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइने कम्पनीले जनाएको छ ।

उता, नेपाल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको हकप्रद भर्ने आज अन्तिम दिन हो । गत माघ २५ गतेसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....