Nepal Life Insurance

ज्योति लाईफमा बीमा गर्नेलाई ग्राण्डी अस्पतालमा उपचार सुविधा

प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार २१:२८

Nabaraj Neupane

काठमाडौं ।
जीवन बीमाको दायरा परिपक्व भएपछि रकम फिर्ता पाउने मात्रै नभएर जीवनका महत्वपूर्ण कुरामा सुविधा पाउने क्रम बढेको छ । यसै क्रममा ज्योति लाईफले जीवनबीमा गरेका आफ्ना सेवाग्राहीलाई नेपालको अन्तर्राष्ट्रियस्तरको ग्राण्डी अस्पतालमा छुट सुविधा प्रदान गर्ने भएको छ ।

सो सम्बन्धी एक सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको छ । ज्योति लाइफ इन्स्योरेन्स र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता भएको छ ।

हकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासी काठमाण्डौसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको भएको सो बीमा कम्पनीले जनाएको छ ।

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ग्राण्डी अस्पतालबाट उपलब्ध हुने उच्च स्तरीय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाश बिक्रम खत्री र अस्पतालका बजार तथा व्यवसाय विकास प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् । सो सम्बन्धी व्यवस्था हस्ताक्षरसँगै कार्यान्वयनमा आएको जनाइएको छ ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....