Nepal Life Insurance

बारामा दोस्रो पटक आँधी-हुरी, बीमा सर्वेक्षण प्रभावित हुनसक्ने

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलवार ११:०८

Nabaraj Neupane

काठमाडौं ।
२८ जनाको ज्यान गर्ने गरी गत साता मात्रै हुण्डरीले बिध्वंस मच्चाएको बारामा आज विहान पुनः अर्को आँधीसहितको हुरी आएको छ । मंगलबार विहानै आएको हुरीबतासले यसअघिको हुण्डरीले जरोकिलो उखेलेको घरका भग्नावशेषमा शेष रहेका सामग्रीहरु उडाएको बाराबाट पत्रकार बेद भट्टले बीमा न्यूजलाई जानकारी दिए ।

यसअघिको भुमरीसहितको हुण्डरीका कारण क्षतिग्रस्त बनेका संरचनालाई आजको आँधी हुरीले थप क्षति पुर्याएको छ । जसबाट बीमा सर्वेक्षण प्रभावित हुने देखिएको छ । यसअघि गरेको सर्वेक्षणलाई समेत फरक पार्ने गरी आज दोस्रो पटक हुरी आएपछि बीमा कम्पनीहरुले थप जटिलता व्यवहोर्नुपर्ने देखिएको छ ।

मंगलबार आएको असिनापानी सहितको हुरीले क्षतिग्रस्त घरहरुमा थप क्षति पुर्याएको, मकै, गहु तथा तरकारी खेतीमा ठूलो असर पारेको छ । क्षतिको विवरण आउन बाँकी नै छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार करिब आधा घण्टासम्म लगातार असिना पानीसहितको आँधी आएको थियो । आँधिले त्रिपालमुनी जीवन गुजारा गर्दै गरेका पीडितलाई थप पीडा दिएको छ । उनीहरुको पाल उडाएको छ भने असिनाले बेस्सरी चुटेको छ । मानवीय क्षति भएको विवरण आइसकेको छैन ।

तस्विर सौजन्यः अनलाईन खवर

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....