Nepal Life Insurance

प्रत्येक जनताको घरमा बीमा पुर्याउन सिईओ एलपी दासको आग्रह

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलवार ११:५९

Nabaraj Neupane

काठमाडौं ।
नयाँ वर्ष २०७६ ले नेपाली जनताको घर आँगनमा आईसकेको छ । यही सन्दर्भमा जीवन बमिा कम्पनी लाईफ इन्स्यारेन्स कर्पोरेशन (एलआईसी) नेपालका सिईओ एलपी दासले प्रत्येक नेपाली जनताको घरमा बीमा कार्यक्रम पुर्याउन आग्रह गरेका छन् । नयाँ वर्षको अवसरमा सिईओ दासद्वारा यही चैत्र २५ गते जारी सन्देशमा बीमाको पहुँच बृद्धिका लागि प्रत्येक नेपाली जनताको घरमा बीमा जागरण पुर्याउन आफ्ना बीमा अभियकर्ताहरुलाई आग्रह गरेका छन् ।

पढौं सिईओ दासको सन्देश जस्ताको तस्तै ।

सर्वप्रथम, एलआईसी नेपालका सम्पूर्ण बिमित, अभिकर्ता, एजेन्सी म्यानेजर र कर्मचारी मित्रहरु जो कम्पनीको प्रगतिका लागि अहोरात्र मेहन गरिरहनु भएको छ, उहाँहरुलाई हार्दिक धन्यवाद तथा नव वर्ष २०७६ को शुभकामना दिन चाहन्छु ।

नव वर्षको उपलक्ष्यमा हामीहरुले ‘जीवन बीमाको साथमा, धनवृष्टि ३–३ वर्षमा’ भन्ने नाराका साथ धनवृष्टि नामको नयाँ बीमा योजना बजारमा ल्याउँदैछौं । जसरी केही समयअघि ल्याइएको ‘जीवन साथी’ बीमा योजनाले बजारमा राम्रो लोकप्रियता कमायो, त्यसरी नै यो धनवृष्टि योजना पनि बिक्री हुने कुरामा हामी विश्वस्त छौं । मार्केटिङ फिल्डसोर्सका साथीहरुले एकै लयमा यसका अनुपम विशेषताहरु ग्राहकसम्म लैजान आग्रह गर्दछु । म विश्वस्त छु की, अभिकर्ताहरुलाई चालु आबको प्रथम बीमा शुल्क लक्ष्य हासिल गर्न यो नयाँ बीमा योजना सहायकसिद्ध हुनेछ ।

आव २०७५/०७६ को तेस्रो त्रैमास सकिन लागेको छ । अभिकर्ता मित्रहरुले व्यवसाय वृद्धि गर्न र हरेक नेपाली नागरिकको घरमा एलआईसीको बीमा पुर्याउन कोसिस गर्नु जरुरी छ । देशका हरेक स्थानमा बीमा पहुँच पुर्याउन हामीहरु तल्लिन छौं । निकट भविष्यमा नै कम्पनीको १०२ वटा शाखा कार्यालय पुर्याउने लक्ष्यका साथ हामी अगाडि बढिरहेको जानकारी गराउन चाहन्छु । मित्रहरु, कम्पनीको बढोत्तरीले निरन्तरता पाइरहनुपर्दछ । म तपार्यहरुको सदैव साथमा रहनेछु ।
अन्त्यमा, नयाँ वर्ष २०७६ को पुनः एक पटक शुभकामना र प्रत्येक दिनहरुलाई राम्रो सदुपयोग गरी व्यवसाय बृद्धि गर्न सबै अभिकर्ता, बजार प्रतिनिधि र एजेन्सी म्यानेजरहरुलाई आग्रह गर्न चाहन्छु ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....