Nepal Life Insurance

सहकारीमार्फत सामूहिक बीमा गरेका श्रेष्ठको निधन, ज्योति लाइफद्धारा रकम हस्तान्तरण

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार १३:०७

Nabaraj Neupane

काठमाडौं ।
जीवन बीमा अन्तर्गत सामूहिक बीमा गरेर पनि दोखलाका एक सहकारीका सञ्चालकले मृत्युपश्चात आफ्ना हकदारलाई लाभ दिएका छन् ।

ज्योति लाईफ इन्स्योरेन्समा सामूहिक बीमा गराएको चरिकोटस्थित मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका सदस्य नारायण बहादुर श्रेष्ठको निधन पश्चात सो बीमा कम्पनीले मृत्यु बीमा दावी भुक्तानी गरेको छ । बीमा रकम एक लाख रुपैयाँ र किरिया खर्च १० हजार रुपैयाँ समेत गरी कूल एक लाख १० हजार रुपैयाँ हस्तान्तरण गरिएको ज्योति लाईफ इन्स्योरेन्स चरिकोट शाखाका प्रमुख चुडा बहादुर श्रेष्ठले बीमा न्युजनलाई जानकारी दिए ।

एक कार्यक्रमका बीच ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । बीमा कम्पनीले चरिकोट उपशाखा कार्यालयबाट मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. चरिकोटले आफ्ना सदस्यहरुको सामुहिक जीवन बीमा गराएको थियो ।

मृतकका श्रीमती सीता श्रेष्ठलाई ज्योति लाईफ इन्स्योरेन्स ३ नम्बर प्रदेशका क्षेत्रीय प्रमुख किरण गौतमतले उक्त चेक हस्तान्तरण गरेको सो कम्पनीले जनाएको छ ।
शाखा प्रमुख श्रेष्ठका अनुसार हाल ज्योति लाईफले चरिकोट र आसपासका क्षेत्रमा आक्रामक बीमा बजार विस्तार तथा बीमा जागरण अभियान सञ्चालन गर्दै आएको छ ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....