Nepal Life Insurance

गुराँस लाइफको हकप्रद बिक्रि सुरु

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहीबार १७:४७

Nabaraj Neupane

काठमाडौं ।
जीवन बीमा कम्पनी गुराँस लाईफ इन्स्योरेन्सले जारी गर्ने ५० प्रतिशत हकप्रद शेयरको आजबाट बिक्री सुरु भएको छ ।

गुराँस लाइफ इन्स्योरेन्सले आज चैत २८ देखि हकप्रद बिक्रि खुला गरेको भएको हो । बीमा समितिले तोकेको दुई अर्ब चुक्ता पुँजि पुर्याउने दवावमा रहेको कम्पनीले २ः१ को अनुपातमा ५० प्रतिशतको दरले २९ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गरेको हो । क्रेडिट रेटिङमा राम्रो रेस्पोन्स नपाएको गुराँस लाईफको हकप्रद शेयरमा कत्तिको आकर्षण हुन्छ, त्यो प्रतिक्षाको विषय बनेको छ । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी १९ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमा व्यतित हुने कम्पनीको सूचिमा पर्दछ भने बोनस पनि राम्रो नभएको गुनासो बिमितहरुले गर्ने गरेका छन् ।

चैत्र ५ गतेसम्म कायम रहेका शेयरधनीले हकप्रद भर्न सक्नेछन् । हकप्रद भर्नको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक तोकिएको छ । लगानीकर्ताले जेठ १ गते सम्म हकप्रद भर्न सक्ने छन् । सम्पूर्ण आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकिने सो कम्पनीले जनाएको छ ।

चुक्ता पुजी ५९ करोड ४० लाख रहेको कम्पनीको हकप्रद र बोनस शेयरसँगै कम्पनीको चुक्ता पुँजि ९३ करोड ८५ लाख पुग्ने छ ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....