Nepal Life Insurance

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

प्रकाशित मिति: १ बैशाख २०७६, आईतवार १४:५१

Nabaraj Neupane

काठमाडौं ।
नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई दुर्घटनामा तीन जनाको ज्यान गयो भने दुई जना गम्भिर घाइते छन् । त्यस्तै भौतिक रुपमा एक अर्बभन्दा बढिको क्षति हुन पुगेको छ ।

आइतबार विहान लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट उडान भर्ने क्रममा रहेको ९एन–एएमएच कलसाइनको जहाज धावनमार्गबाट चिप्लिदा दुर्घटना भएको हो । दुर्घटनामा तीन जनाको निधन भएको छ भने अर्बभन्दा बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीकाअनुसार जहाजका कोपाइलट सुदीप ढुंगाना र विमानस्थलमा कार्यरत पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै सोही विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको काठमाडौं ल्याइएपछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७६ सालको पहिलो दिन भएको दुर्घटनामा समिट एयरको जहाजका पाइलट रवीन्द्र रोकाया, मनाङ एयरको हेलिकप्टरका पाइलट चेत गुरुङ गभ्मीर घाइते छन् । उक्त जहाजकी एयर होस्टेज रश्मी लामा सामान्य घाइते छिन् ।

सोलुखुम्वुस्थित तेन्जिङ हिलारी विमानस्थलबाट रामेछाप सदरमुकाम आउँदै गरेको समिट एयरको जहाजले उडान भर्ने क्रममा धावनमार्गबाट चिप्लिएर हेलिकोप्टर पार्किङ स्थलमा पुगेर अर्को हेलिकोप्टरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालयले जनाएको छ ।

नागरिक उड्ययन प्राधिकरणका प्रमुख राजकुमार क्षेत्रीकाअनुसार आइतबार बिहान ९ बजेर ६ मिनेटमा दुर्घटना भएको पुष्टि गरे । जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्रीएयरको हेलिकप्टरसित ठोक्किएको समिट एयरले जनाएको छ । दुर्घटनाग्रस्त जहाजले दुई हेलिकोप्टरलाई ठक्कर दिएको हो । श्री एयरलाईन्सको हेलिकोप्टरमा भने कम क्षति भएको जनाइएको छ ।

रोचक कुरा त के छ भने इन्धन रहेको दुई जहाज आपसमा ठोक्किँदा समेत पूर्ण रुपमा जलेर नष्ट हुन नदिई तत्काल सुरक्षार्मीले आगो नियन्त्रणमा लिन सफल भएका छन् ।

यसैबीच, दुर्घटनाग्रस्त तीन वटै जहाजहरुको कूल मूल्य एक अर्बभन्दा माथि रहेको जनाइएको छ । क्षतिग्रस्त मनाङ एयरको हेलिकोप्टरको मूल्य २५ करोड हाराहारी जनाइएको छ ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....