Nepal Life Insurance

३-३ वर्षमै फिर्ता पाउने एलआईसीको धनवृष्टि बीमा योजना सार्वजनिक

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार ११:२५

Nabaraj Neupane

काठमाडौं ।
जीवन बीमा क्षेत्रमा नयाँ नयाँ प्रयोग गर्ने क्रम बढेको छ । जीवन बीमा क्षेत्र प्रतिस्पधात्मक बन्दै जाँदा सेवाग्राहीले भने धेरै प्रकारका सुविधा पाउन थालेका छन् । यसैक्रममा बीमा अवधी समाप्त भएपछि मात्रै फिर्ता पाइने बीमा रकम अब तीन तीन वर्षमा फिर्ता पाइने भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले ‘धनवृष्टी’नामक जीवन बीमा योजनाको सुरुवात गरेको छ । नयाँ वर्षको अवसर पारेर सो कम्पनीले धनवृष्टी योजना सार्वजनिक गरेको जनाएको छ ।

नयाँ वर्षको आगमनमा ल्याइएको सो बीमा योजनालार्ई बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिहीबार सार्वजनिक गरेका हुन् । ‘धन वृष्टी’बीमा योजनामा १३ वर्ष देखी ६० वर्ष सम्मका बिमितले सहभागी हुन सक्नेछन् ।

न्यूनतम एक लाख रुपैयाँदेखि माथि बीमा गर्न मिल्ने यस बीमा योजनाको अवधि भने १० वा १५ वर्षको हुने कम्पनीले जनाएको छ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ बर्षमा बीमाङकको ३३ प्रतिशत रकम फिर्ता हुनेछ भने १५ वर्षे अवधिमा हरेक ३ बर्षमा बीमाङकको १५ प्रतिशत रकम फिर्ता हुने कम्पनीले जनाएको छ ।

तर, बीमा अवधिमा नै बिमीतको निधन भएमा बीचमा धन फिर्ता गरिएको रकम नकाटी पूरै बीमाङ् रकमको साथ आर्जीत रकम इच्छाएको व्यक्तीलाई प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस योजनामा ७५ लाखसम्मको दुर्घटना बीमा र स्थायी अशक्तता लाभ समेत उपलब्ध रहेको छ । दुई बर्षको बीमाशुल्क भुक्तानी पश्चात बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्ने जनाइएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....