काठमाडौं ।
मध्ये नेपालको गुल्मीमा निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । सो नयाँ शाखाको हालै उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।
रेसुङ्गा नगरपालिकाका उपमेयर सीता भण्डारीले गुल्मीमा नयाँ खुलेको इन्स्योरेन्सको शाखा कार्यालयका एक कार्यक्रमका बीच उद्घाटन गरेकी छिन् ।
उक्त अवसरमा अजोड इन्स्योरेन्सका गुल्मी शाखा प्रमुख सन्तोस न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै बीमाले किसान देखि व्यवसायी समेतका जोखिम बहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमका सभापति तथा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा जनतालाई बीमा सेवा प्रवाह प्रभावकारी बनाउन जनप्रतिनिधिले आग्रह गरेका थिए ।