Nepal Life Insurance

१९ औं सधारणसभाबाट नेपाल लाईफद्वारा ४८ प्रतिशत लाभांश पारित

प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार १७:४०

Nabaraj Neupane

बीमा न्यूज/काठमाडौं ।
नेपालको सबैभन्दा ठूलो बीमा कारोबार गर्ने कम्पनी नेपाल लाईफ इन्स्यारेन्स कम्पनीको १९ औं सधारणसभा औद्योगिक राजधानी बीरगन्जमा सम्पन्न भएको छ । सो सधारणसभाले आफ्ना शेयरधनीहरुलाई ४८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले सधारणसभामा पेश गरेको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर २३ रुपैयाँ ५० पैसा (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ हुनेछ । नेपालको बीमा क्षेत्रमा सबैभन्दा धेरै चुक्ता पुँजि भएको तथा कारोबार तथा बजार हिस्सा समेत सबैभन्दा बढि भएको जीवन बीमा कम्पनी नेपाल लाईफको सधारणसभातर्फ सबैको ध्यान केन्द्रीत थियो ।

कम्पनीका अध्यक्ष गोविन्दलाल संघईले सधारणसभामा सम्बोधन गर्दै समिक्षा बर्षमा कम्पनीले कुल बीमा शुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको बताए । हाल १८ वटा जीवन बीमा कम्पनीबीच बजारमा प्रतिस्पर्धा चलिरहेको बताउँदै कम्पनीलाई अझै उत्कृष्ट बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हाल यस कम्पनीको लगानी ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ । कम्पनीमा १,२२,००० भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....