Nepal Life Insurance

सूर्य लाईफद्वारा ग्लोबल आईएमई र ओम डेभलपमेन्टसँग सम्झौता

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आईतवार ११:४५

Nabaraj Neupane

काठमाडौं । बीमा कम्पनीले बैंक तथा वित्तिय संस्थाहरुसँग सम्झौता गरी बैंकान्स्योरेन्स सम्झौता गरी कारोबारको दायरा फराकिलो बनाउने क्रम जारी छ । यसैक्रममा सूर्य लाईफ इस्न्योरेन्स कम्पनीले दई बैंक तथा वित्तिय संस्थासँग सम्झौता गरेको छ ।

ब बर्गको वित्तिय संस्था ग्लोबल आइएमई बैंक लि. र सूर्यलाइफ इन्सुरेन्स कम्पनीलि.बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्सुरेन्स कम्पनी लिको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्यलाइफ इन्सुरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

त्यस्तै ओम डेभलपमेन्ट बैंकसँग पनि सुर्य लाईफ इन्स्योरेन्स कम्पनीले सम्झौता गरेको छ । सम्झौता अनुसार ओम डेभलपमेन्ट बैंकमार्फत समेत सूर्य लाईफको बीमा कारोबार गर्न सकिनेछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....