काठमाडौं ।
राजधानीको नजिकै रहेको काभ्रेको बनेपामा अजोड इन्स्योरेन्स लिमिटेडले नयाँ शाखा कार्यालय विस्तार गरी उद्घाटन गरेको छ ।
उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले गरेका हुन् । राजधानीको नजिकै रहेको काभ्रेको बनेपामा आर्थिक गतिविधि बढ्दै गएको छ । आर्थिक गतिविधि बढेसँगै बीमा सेवाको पहुँच बृद्धि गर्ने उद्देश्यले नयाँ शाखा खोलिएको अजोड इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
नयाँ शाखा कार्यालय उद्घाटनको क्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संस्थाको परिचय, समग्र अवस्था, गतिविधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी दिएका छन् ।
निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्स कम्पनीको हाल देशभर ३० वटा शाखा सञ्चालनमा रहेको छ ।