काठमाडौं ।
जीवन बीमा कम्पनी एशियन लाईफ इन्स्योरेन्स र वित्तिय संस्था एक्सेल डेभलपमेन्ट बैंकबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौतासँगै एक्सेल डेभलपमेन्ट बैंकका सबै शाखा कार्यालयमार्फत एशियन लाईफ इन्स्योरेन्स कम्पनीको सेवाहरु प्राप्त गर्न सकिने भएको छ ।
एशियन लाईफ ईन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी सम्झौता भएसँगै ग्राहकले उक्त सेवा पाउने कम्पनले जनाएको छ । एशियन लाईफले जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले एक्सेलसँग सम्झौता गरेको जनाएको छ ।
सम्झौतापत्रमा एशियन लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता हस्ताक्षरसँगै कार्यान्वयनमा आएको कम्पनीले जनाएको छ ।
सम्झौतासँगै एशियन लाईफ इन्स्योरेन्सको बीमा कारोबारमा बृद्धि हुने अपेक्षा गरिएको बीमा कम्पनीले जनाएको छ ।