काठमाडौं ।
सरकारले आज संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा आम सर्वसधारणमा बीमाको पहुँच उल्लेखनीय रुपमा विस्तार भएको उल्लेख छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार संसदमा आर्थिक वर्ष २०७५/०७६ को आर्थिक प्रतिवेदन पेश गर्दै एक वर्षमा बीमाको पहुँच विस्तारमा उल्लेखीय सुधार भएको बताएका छन् ।
अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको फागुन महिनामा बीमाको पहुँच १८ प्रतिशत पुगेको जानकारी दिँदै आर्थिक वर्षको अन्त्यसम्ममा अझै बृद्धि हुने बताएका छन् ।
संसदलाई संवोधन गर्दै अर्थमन्त्री खतिवडाले पहिलो पटक बीमाको पहुँचमा १८ प्रतिशत नागरिक रहेको जानकारी दिए ।