काठमाडौं ।
जीवन बीमा कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र क बर्गको वित्तिय संस्था सिद्धार्थ बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्य बजार तथा विकास प्रवद्र्धक राजु के.सी. र सिद्धार्थ बैंकको तर्फबाट सहायक महाप्रवन्धक अर्जुन भद्र खनालले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अन्र्तगत सिद्धार्थ बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
सम्झौतासँगै बैंकका देशैभरिका शाखा कार्यालयमार्फत उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु सिद्धार्थ बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।