काठमाडौं ।
जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स र क बर्गको वित्तिय संस्था सिटिजन्स बैंकबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौतापछि सिटिजन्स बैंकका देशैभरिका शाखा कार्यालयमार्फत प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको बीमा कारोबार गर्न सकिने भएको छ ।
मंगलबार आयोजित एक कार्यक्रममा प्राइम लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र सिटिजन्स बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमालेख लिन, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवाहरु लिनसक्ने कम्पनीले जनाएको छ ।