काठमाडौं ।
सरकारले आज संसदमा प्रस्तुत गरेको बजेटमा बीमा कम्पनीहरुलाई आपसमा गाभिएर पुँजि बृद्धि गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको बजेट बक्तव्यमा बीमा कम्पनीहरुलाई आपसमा गाभिन प्रोत्साहन गर्ने उल्लेख गरेका हुन् ।
बीमाको पहुँच बिस्तार हुने गरी संस्थागत र प्रणालीगत सुधार गर्ने घोषणा गरिएको छ । पुनर्बीमा नीति परिमार्जन गरी विदेशी संस्थाहरुलाई नेपालमा पुनर्बिमा गर्न प्रोत्साहन गर्ने सरकारले घोषणा गरेको छ ।