काठमाडौं ।
बीमा कारोबारलाई फराकिलो बनाउने उद्देश्यले पर्यटकीय नगरी पोखरामा अजोड इन्स्योरेन्स कम्पनीले क्षेत्रिय कार्यालय स्थापना गरेको छ । निर्जिवन बीमा कम्पनी अजोडले एक समारोहका बीच शनिबार क्षेत्रीय कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।
क्षेत्रीय कार्यालय स्थापनापछि प्रदेश नं ४ मा कम्पनीको बीमा बजार विस्तार हुने अजोड इन्स्योरेन्स कम्पनीले विश्वास लिएको जनाएको छ । शनिबार एक कार्यक्रमका बीच बीमा समतिका अध्यक्ष चिरन्जिबि चापागाई र कम्पनीका सञ्चालक आजाद श्रेष्ठले संयुक्त रुपमा क्षेत्रीय कार्यालयको उद्घाटन गरेको सो कम्पनीले जनाएको छ ।
कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरिञ्जिबी चापागाईले पोखरा इमान्दार व्यवसायीहरुको ठाँउ भएकोले कम्पनीले पनि इमान्दारिता तथा ढुक्कताका साथ कार्य गर्नुपर्ने सुझाव दिए । त्यस्तै बिगतमा भन्दा नेपालीहरुको जीबन तथा निर्जिवन बीमा क्षेत्रमा धेरै पँहुच बिस्तार भएको पनि बताए ।अजोड
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले कम्पनी २०७५ आषाढ २१ गते बाट औपचारिक रुपमा सुरु भएको कम्पनीले छोटै अवधीमा देशैभरि शाखाहरु खोलेर सेवा विस्तार गर्न सफल भएको बताए ।