काठमाडौं ।
जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारमा गएर मृत्युवरण गरेको परिवारलाई १४ रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।
बैदेशिक रोजगारीको सिलसिलामा माल्दिभ्स पुगेका सोलुखुम्बुकी रमिता बिकको रोजगारीको सिलसिलामा निधन भएको थियो । बीमा गरेर माल्दिभ्स गएकी विकले आफ्नो सन्तानको भविष्यको लागि सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीमा बीमा गरेकी थिईन् ।
मृत्यु बीमा दावी परेपछि सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख सञ्चालन अधिकृत दशरथ मणी खड्काले बीमांक वापतको १४ लाखको रुपैयाँ उनकी ६ वर्षिया छोरा सिमन बि.क.लाई सो रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । छ वर्षिय छोराले बीमा कम्पनीबाट चेक बुझेका छन् ।
ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको कम्पनीले जनाएको छ ।