काठमाडौं ।
निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी अस्पतालमा नगद रहित उपचार सुविधा पाउने भएका छन् । सो सम्बन्धी सम्झौता पत्रमा हालै दुवै कम्पनीका आधिकारिक व्यक्तिले हस्ताक्षर गरेका छन् ।
प्रभु इन्स्योरेन्स लिमिटेड र बि एण्ड सि मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच नगद रहित सेवा सम्बन्धी सम्झौता भएको कम्पनीले जनाएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा कलेज हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि प्रभु इन्स्योरेन्सबाट सवारी साधन बीमा गराउने ग्राहकहरुले सवारी साधन दुर्घटनाको कारण यात्रु तथा तेश्रो पक्ष घाईते भई तथा औषधोपचार बीमा गराउने ग्राहकले बिरामी भई बि एण्ड सि मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमालेखको सिमासम्म उपचार सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।