काठमाडौं ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र(टेण्डर) आह्वान गरेको छ । कम्पनीले आफ्ना शेयरधनीलाई हकप्रद शेयर खरिदका लागि गरेको आह्वानमा भर्न नआएका शेयरधनिको शेयर लिलाम बढाबढबाट बिक्री गर्न लागिएको हो ।
कम्पनीले २०७५ चैत २५ गतेदेखि २०७६ बैशाख २९ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रद शेयर दावी गर्न नआएका शेयरधनीको हिस्सा बापतको शेयर दुई लाख २१ हजार कित्ता टेण्डरमार्फत लिलाम गर्न लागिएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को निर्देशन नम्बर १५ को प्रावधानलाई आधार मानी सेयरहरु बोलकबोल बढाबढ गरी बिक्री गर्न लागिको कम्पनीले जनाएको छ ।
बिक्री नभएको हकप्रद टेण्डर प्रक्रियामार्फत बढाबढ मूल्यमा बिक्री गर्ने नेपालका कम्पनीहरुको पुरानो परम्परा हो । असार १ गतेदेखि असार ८ गतेसम्म शिलबन्दी बोलपत्र(टेण्डर) पेश गर्न सकिने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीका अनुसार संस्थापक समूहतर्फको २४२०.७० कित्ता र सर्वसाधारण समूहतर्फको २१८९३९.०३ कित्ता गरी २२१३५९.७३ कित्ता सेयर बोलपत्रद्वारा बिक्री गर्न लागिएको हो ।