काठमाडौं ।
जीवन बीमा कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आईएमई बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतासँगै दुई कम्पनीबीच सेवा आदान प्रदान गर्ने बाटो खुलेको छ ।
सम्झौतापछि ग्लोबल आईएमई बैंकको देशैभरिका शाखा कार्यालयमार्फत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका सेवाग्राहीले बीमा गर्न सक्नेछन् भने बीमो प्रिमियम भुक्तानी दावी गर्न सक्नेछन् ।
सम्झौतापत्रमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक राजु के.सी. र ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रवन्धक आरती राणाले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।
यस सम्झौता अन्र्तगत ग्लोबल आईएमई बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।