काठमाडौं ।
विगतका वर्षहरुमा बैंक तथा वित्तिय संस्थाहरुमा मर्जरको व्यापक लहर आएको थियो । अब बीमा कम्पनीहरुमा पनि सरकारले मर्जरको नीति अघि सारेको छ । जस अनुसार आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पहिलो पटक मर्जरको ढोका खोल्दै मर्जर सम्बन्धी प्रस्ताव सधारणसभामा पेश गर्ने भएको छ ।
आईएमई जनरल इन्स्योरेन्स कम्पनीको यही जेठ २८ गते बसेको ७८ औं सञ्चालक समितिको बैठकले कम्पनीलाई मर्जरमा लैजान प्रस्ताव सधारणसभामा पेश गर्न लागेको हो । आगामी असार २९ गते २१ औं वार्षिक साधारणसभा मर्जर सम्बन्धी प्रस्ताव समेत पेश हुने कम्पनीले जनाएको छ ।
सधारणसभामा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पुर्ण अधिकार सञ्चालक समितिलाई दिनका लागि सभामा प्रस्ताव पेश गरिने भएको छ । त्यस्तै गर्ने भएको छ । त्यस्तै सधारणसभामा कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाखको ५ प्रतिशत बोनश शेयर दिने प्रस्ताव समेत पेश हुनेछ ।
बोनश शेयर वितरण गरेर आइएमई जनरल इन्स्योरेन्सले न्युनतम चुक्ता पुँजी पु¥याउने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेर चुत्तापुँजी १ अर्ब रुपैयाँ पुर्याउने भएको हो ।
कम्पनीमा हाल संस्थापक शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने १ जना संचालक पद रिक्त रहेकाले उक्त रिक्त पदमा बाँकी कार्यकालका लागि संचालक समितिबाट संचालक नियुक्ति गरिएकाले सोको अनुमोदन गर्ने प्रस्ताव समेत सधारणसभामा पेश गरिनेछ ।