Nepal Life Insurance

जीवन बीमाले उछिन्यो निर्जीव बीमालाई

प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार ११:०१

सागर चन्द

१७ वटा निर्जीवन बीमा कम्पनीभन्दा ९ वटा जीवन बीमा कम्पनी अगाडी

बीमा न्युज,

काठमाडौँ/  नेपालमा निर्जीवन बीमाको तुलनामा जीवन बीमा गर्नेको संख्या अधिक रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको “विप्रेषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृति” सम्बन्धी अध्ययनले नेपालमा जीवन बीमा गर्ने परिवारको संख्या धेरै रहेको देखाएको हो ।
अध्ययनले कुल बिमित घरपरिवार मध्ये ९४.० प्रतिशतले जीवन बीमा गरेको देखाएको छ । तर, केवल ६.० प्रतिशतले मात्र निर्जीवन बीमा गरेको पाइएको छ । घरपरिवारले वार्षिक रूपमा औसत रु.१४ हजार १२० बीमाशुल्क भुक्तानी गर्ने गरेको अध्ययनले देखाएको छ । नेपालमा जीवन बीमा कम्पनी ९ तथा निर्जीवन बीमा कम्पनी १७ गरी कुल २६ बीमा कम्पनीहरू रहेका छन् । जीवन बीमा कम्पनीको तुलनामा निर्जीवन बीमा कम्पनीको संख्या करिव दुई गुणा भए तापनि निर्जीवन बीमा कम्पनीहरूले मूल रूपमा सहरी क्षेत्र तथा जोखिम कम भएका क्षेत्रहरूमा कारोबार सीमित रहेको अध्ययनले देखाएको छ । तर, कृषि, पशु लगायतका घरपरिवारसँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्रहरूमा बीमा कम्पनीको उपस्थिति ज्यादै न्यून रहेको बैकको अध्ययनले देखाएको छ ।


जीवन बीमा गर्दा भुक्तानी गरेको निश्चित अवधि पछि रकम फिर्ता आउँछ । त्यसैले यसलाई मानिसहरुले बचत सोच्दछन् । तर, निर्जीवन बीमा गर्दा गरिएको भुक्तानी भने सबै अवस्थामा फिर्ता नहुने भएकाले पनि मानिसहरु निर्जीवन बीमाप्रति त्यति आर्कषित भएका पाईदैनन् । बीमा गरिएको सम्पति क्षतिग्रस्त नभएमा भुक्तानी नहुने भएकाले यसलाई मानिसहरुलाई घाटाको रुपमा लिने गरेको पेशागत बीमा अभिकर्ता संघका कार्यवाहक अध्यक्ष नन्द प्रसाद तिवारीले बताए । “त्यसैले पनि नेपालमा निर्जीवन भन्दा जीवन बीमा गर्नेको संख्या अधिक देखिएको हो ।
त्यस्तै, जीवन बीमा पूर्णमा अभिकर्तामा आधारित हुन्छ । जीवन बीमा का अभिकर्ताहरु नेपालको सबै क्षेत्रमा पुगी सकेका छन् । प्राविधिक रुपमा पनि निर्जीवन भन्दा जीवन बीमा सहज हुने भएकाले जीवन बीमाको हिस्सा अधिक देखिएको उनले बताए । यसका अतिरिक्त निर्जीवन बीमा कम्पनीहरु शहर केन्द्रित छन् । जहाँ विकास निर्माणका कामहरु हुन्छन् । त्यहाँ नै निर्जीवन बीमाको आवश्यकता पर्छ । त्यसैले निर्जीवन बीमा कम्पनीहरु ग्रामिण क्षेत्र भन्दा पनि शहरी क्षेत्रमा केन्द्रित छन् । त्यसैले पनि यसको हिस्सा बढ्न नसकेको उनले बताए ।


वित्तीय पहुँच मापन गर्ने अर्को आधारको रूपमा बीमालाई हेर्ने गरिन्छ । अध्ययन अनुसार विप्रेषण प्राप्त गर्ने कुल घरपरिवारमध्ये २९.४ प्रतिशत घरपरिवारका एक वा एकभन्दा बढी सदस्यले बीमा गरेको पाइएको छ । वित्तीय पहुँच अभिवृद्धि गर्न विगतमा लागू गरिएका नीति तथा कार्यक्रमहरू मूल रूपमा लघुवित्त बैंकिङ्ग सेवामा केन्द्रित रहेको र बीमा सेवालाई सँगसँगै नलगिएकोले विमा गर्ने घरपरिवारको संख्या न्यून रहेको बैंकको अध्ययनले देखाएको छ । यसका अलावा बीमा कम्पनीहरूले आफ्ना ग्राहक संख्या वृद्धि गर्न अपेक्षित कार्यक्रमहरू अघि नबढाउनु तथा बीमा दाबी प्रक्रिया झन्झटिलो हुनुले पनि विमा प्रति सर्वसाधारणहरू आकर्षित हुन नसकेको बैंकको ठहर छ ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....