Nepal Life Insurance

सुस्त तर सकारात्मक बीमा बजार, अपार संभवानाका माझ एक दशकमा मात्रै ४.१ % बृद्धि

प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार ०६:३४

सागर चन्द

सागर चन्द,
काठमाडौँ/बीमा कम्पनीहरुको प्रिमियम (बीमा शुल्क) संकलन बढ्दै गएको छ । बीमा कम्पनीको मूख्य आम्दानीको स्रोत मानिने बीमाशुल्क गएका १० बर्षको अवधिमा ४.१ प्रतिशतले बृद्धि भएको छ । आम जनतामा बीमाको चेतना र ज्ञानको अभावमाझ सुरुवात भएको बीमा क्षेत्रको सन् २००६÷०७ मा कुल प्रिमियम संकलन ७ अर्ब ९१ करोड २२ लाख रुपैयाँ रहेको थियो । भने आज १० बर्षको अन्तरालमा आई पुग्दा, सन् २०१७ को अप्रिल सम्ममा ४० अर्ब २१ करोड २४ लाख प्रिमियम संकलन गरेका छन् । ९ वटा जीवन बीमा कम्पनी र १७ वटा निर्जीवन बीमा कम्पनी गरि कुल २६ वटा बीमा कम्पनीहरु अहिले नेपाली बीमा क्षेत्रमा सक्रिय रहेका छन् ।
सन् २०१७ को अप्रिल सम्ममा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब १९ करोड ९३ लाख २३ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन्, त्यसैगरि जीवन बीमा कम्पनीहरुले २६ अर्ब १३ करोड १२ लाख ९ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
तथ्याकंको आधारमा मात्रै सन् २०१५ मा मात्रै जीवन तथा निजीर्वन दुवैगरि ४० लाख १६ हजार ९ सय १६ बीमा लेख जारी भएको पाइन्छ । र यता २०१७को अप्रिल सम्म आईपुग्दा २४ लाख ९१ हजार २ सय ३८ बीमालेख जारि भएका छन् । बीमालेखको संख्या अझै बढ्ने देखिन्छ । वैदेशिक रोजगारी बीमा (म्यादी)लाई समेत सामेल गर्ने हो भने सन् २०१६ सम्ममा कूल जनसंख्याको ११.८२ प्रतिशत जनसंख्या बीमाको पहुँचमा रहेको देखिन्छ ।
बढ्दो बृद्धिदर
 २०२४ सालमा तत्कालिन राजा महेन्द्रले बीमा संस्थानमा आफ्नो गाडिको बीमा गराएर नेपालमा औपचारीक रुपमा निर्जीवन बीमाको सुरुवात गरेका थिए ।
त्यस यताका अवधिमा नेपाली बीमा बजार बर्षेनी उकालो लागिरहेको देखिन्छ, भने कुनै बर्षहरुमा निकै कमजोर भएको पनि देखिन्छ । सन् २००६÷०७ मा बीमा बजार १९.०९ प्रतिशतले बृद्धि भएको थियो भने, २००७÷०८ मा १.०२ प्रतिशतले घटेर बृद्धिदर १८.०७ मा पुगेको थियो । त्यस यताका बर्षहरुमा बीमा बजारले सामान्य उतार चढावहरुको सामना गर्नुपरेको तथ्याकंले देखाउँछ । सन् २००९÷१० मा ३८.०५ प्रतिशतले बृद्धि भएको बीमा बजारले एकाएक सन् २०१०÷११ मा आईपुग्दा १५.६९ प्रतिशतको बृद्धिमा खुम्चिन पुग्यो । यसैगरि २०१४÷१५ मा २२.६६ प्रतिशतले बीमा बजार बिस्तार भएको पाईन्छ । भने २०१५÷१६ मा झण्डै ३ प्रतिशतले बृद्धि भई बृद्धिदर २५.८३ प्रतिशत पुगेको तथ्याकंले देखाएको छ ।
कुल ग्राहस्थ उत्पादनमा योगदान
बीमा कम्पनीहरुको प्रिमियम संकलनमा बृद्धि गर्दै गर्दा त्यसको प्रत्यक्ष लाभ राष्टिय अर्थतन्त्रमा देखा पर्ने गर्छ, त्यसैको फलस्वरुप गएका १० बर्षको अवधिमा नेपाली बीमा उद्योगको कुल ग्राहस्थ उत्पादनको योगदानमा पनि बृद्धि हुदै गइरहेको छ । सन्२००६÷०७मा कुल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान १.०८ प्रतिशत रहेको थियो भने सन् २०१६ सम्म आईपुग्दा झण्डै दोब्बरले बृद्धि भएर २.०३ प्रतिशत पुगेको छ ।
लगानीमा बृद्धि
बीमा कम्पनीको प्रिमियम संकलन बढ्दै जाँदा त्यसको लगानीमा पनि बृद्धि भएको तथ्याकंले देखाएको छ । सन् २००६÷०७मा २१ अर्ब ८४ करोड ५१ लख रुपैँया लगानि भएको थियो भने १० बर्षको अन्तरालमा सन् २०१६मा १ खर्ब ३५ अर्ब ७ करोड ४९ लाख रुपैयाँ लगानि देखीएको छ ।
बीमा कम्पनी 
नेपालमा सरकारी स्वामित्वका जीवन बीमा र नीर्जिवन बीमा गर्ने २ वटा कम्पनी रहेका छन् । त्यसैगरि निजी क्षेत्रको लगानिमा १२ वटा नीर्जिवन र ५ वटा जीवन बीमा कम्पनी गरि १७ वटा बीमा कम्पनी निजी क्षेत्रले संञ्चालन गर्दै आइरहेका छन् ।विदेशी लगानीमा २ निर्जिवन र १ जीवन बीमा कम्पनी गरि ३ वटा बीमा कम्पनी विदेशी लगानीका रहेका छन् । संयुक्त लगानीमा आधारित रहेर २ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जिवन बीमा कम्पनी र १ पुर्नबीमा कम्पनी गरि ५ वटा बीमा कम्पनी संञ्चालनमा रहेका छन् ।हाल सम्म १७ वटा नीर्जिवन बीमा कम्पनी, ९ वटा जीवन बीमा कम्पनी र १ पुर्नबीमा कम्पनी गरि २७ वटा बीमा कम्पनीहरु नेपालमा बीमा सेवा प्रदान गर्दै आइरहेका छन् ।
तथ्याकंमा  बीमा व्यवसाय

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....