Nepal Life Insurance

भारतिय जीवन बीमा बजारको बादशाह : LIC

प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार ०९:१२

सागर चन्द

६६ बर्षको सफल व्यवसायीक इतिहासः १९५१:२०१७

भारतिय जीवन बीमा क्षेत्रका २३ वटा कम्पनी मध्ये सरकारी स्वामित्व सहित उच्च लागानि रहेको बीमा कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसि)ले आर्थिक बर्ष २०१७को सुरुवातमै ७२ प्रतिशतले कारोबारमा बृद्धि गरेको छ । १९ हजार करोड मुनाफा सहित एलआईसि भारतिय जीवन बीमा क्षेत्रमा उत्कृष्ट पकड जमाउन सफल भएको कम्पनी हो । सम्पुर्ण भारतिय जीवन बीमा बजारको ७०.४ प्रतिशत हिस्सा एलआईसिको पोल्टामा रहेको छ । भारतमा जीवन बीमा व्यवसाय गर्ने अन्य २३ वटा कम्पनी नीजी क्षेत्रको लागनीबाट संञ्चालति छन् भने एलआईसि भारत सरकारको स्वामित्व रहेको एक मात्र जीवन बीमा कम्पनी हो ।

रमाउँदै ग्राहक
एलआईसिले उच्च मुनाफाका लागि आफ्ना ग्राहक तथा सुभचिन्तकलाई धन्यवाद दिदैँ २०१६÷१७को मुनाफाको ४० प्रतिशत सरकार र ग्राहकलाई वोनसको रुपमा वितरण गर्ने घोषणा गरेको छ ।


व्यवसायको सुरुवात
भारतिय प्रतिनिधी सभाबाट सन् १९५६को जुन १९मा एलआईसि ऐन पारित भएसंगै १९५६ सेप्टेम्बर १ बाट जीवन बीमा व्यवसायको औपचारिक सुरुवात गरेको थियो । भारतमा रहेका जीवन बीमा योग्य सबै मानिस सम्म बीमाको पहुँच विस्तार गर्ने उदेश्य साथ स्थापना भएको यो बीमा कम्पनीले नेपालमा पनि जीवन बीमा व्यवसाय गर्दै आएको छ ।

विस्तारित संञ्जाल
एलआईसिले स्थापना कालमै आफ्ना ग्राहकहरुलाई सहज रुपमा सेवा प्रदान गर्न ५ वटा क्षेत्रिय कार्यालय, ३३ वटा डिभिजनल कार्यालय र २ सय १२ वटा शाखा कार्यालय स्थापना गरेको थियो ।

बजार बिस्तार
स्थापना कालमै धेरै शाखा कार्यालहरुको सहयोगमा एलआईसिले २ सय करोडको व्यापार गर्न सफल रह्यो भने । त्यसपछिका ३ बर्षको अवधिमा एलआईसिले १ हजार करोड रकमको व्यापार गरेपनि, एलआईसिलाई २ हजार करोडको बेञ्चमार्क पार गर्न भने १० बर्षको अवधि पर्खिनु प¥यो ।

बृहत संजाल
एलआइसिले पुर्ण कम्प्युटर प्रविधी जडित २ हजार ४८ वटा शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरि १ सय १३ वटा डिभिजनल कार्यालय, ८ वटा क्षेत्रिय कार्यालय १ हजार ३ सय ८१ वटा स्याटलाईट प्रविधि जडित कार्यालय बाट सेवा प्रदान गर्ने गर्छ । त्यसैगरि एलआईसिका १ सय १३ वटा मेट्रो कार्यालयहरुले सम्पुर्ण शाखा कार्यालहरु समेट्ने प्रविधि सहित भारतका प्रमुख शहरबाट सेवा प्रदान गर्छन् । सन् २०१६ सम्ममा एलआईसिमा १ लाख १४ हजार ७ सय ७३ जना कर्मचारीको संगठन एलआईसि संग रहेको छ । ११ लाख ९५ हजार ९ सय १६ जना अभिकर्ता एलआईसि संग आवद्ध रहेका छन् ।

यसका अलवा एलाआईसि संग ५४ वटा ग्राहक केन्द्र, २५ वटा मेट्रो क्षेत्रमा सेवा प्रदान गर्ने स्थलहरु पनि छन् । १३ लाख ३७ हजार ६४ व्यत्तिगत अभिकर्ताको संञ्जाल रहेको एलआईसिका लागि २ सय ४२ वटा कर्पोरेट एजेण्ट रहेका छन् भने ८९ वटा रेफ्र्ररल एजेण्ट पनि सामेल छन् । ९८ ब्रोकर र ४२ वटा बैकंहरुबाट गरिने ब्यांकासुरेन्स पनि एलआईसिको सफलताको सुत्र हो ।

दिगो विकास दर
जीवन बीमा व्यवसायको अग्रणी कम्पनीको रुपमा परिचित एलआईसिले बार्षिक रुपमा १६.६७ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्दै आफुलाई अब्बल सावित गर्दै आएको छ । चालु आर्थिक बर्षमा मात्रै १ करोड भन्दा बढी बीमा पोलिसि जारि गरिसकेको एलआईसिले अझै आफुलाई विस्तार गर्ने लक्ष्य राखेको छ ।
विभिन्न बीमा अवार्डहरुबाट पनि सम्मानित एलआईसि भारतको सबैभन्दा विश्वसनिय जीवन बीमा कम्पनी मानिन्छ ।

(द इकोनोमिक्स टाईममा प्रकाशित आलेखको भावानुवाद)

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....