Nepal Life Insurance

प्रिमियम भुक्तानीमा ढिलाई, ‘बोझ बन्यो कृषि बीमा’ बीमा कम्पनीलाई

प्रकाशित मिति: १२ श्रावण २०७४, बिहीबार ०५:४९

Beema News

अरुण पाख्रेन,

काठमाडौं÷कृषि बीमा अन्र्तगत सरकारले किसानहहरुलाई अनुदान स्वरुप प्रदान गर्ने ‘प्रिमियम शुल्क’ बीमा कम्पनीले समयमै नपाउँदा कम्पनीहरुले घाटा ब्योर्होदै आइरहेका छन । नेपाल सरकारले कृषि बीमालाई अनिवार्य गरेपछि बीमा कम्पनीले कृषि क्षेत्रलाई प्राथमिकता दिन थालेको थियो । कृषि क्षेत्रको बीमा समग्र आशलाग्दो रहेको छ । झनै पशु बीमाको अवस्था त निकै राम्रो देखिन्छ । तर पनि बीमा कम्पनीहरुको लागि कृषि बीमा घाटाको ब्यापार भएको छ । सरकारले दिनुपर्ने रकम समयमै उपलब्ध नहुदा बीमा कम्पनीहरुले कृषि बीमावाट घाटा ब्योर्होनु परेको हो । ‘कम्पनीले बीमा अवधिमा क्षति नोक्सानी भए क्षतिपुर्ति बराबरको रकम समेत दिदै आइरहेका छौ तर सरकार मार्फत आउनु पर्ने अनुदान बराबरको रकम अझै पाउन सकेको छैन’ लुम्बिनी जनरल इस्योरेन्स कम्पनिका सहायक निर्देशकले गुनासो गर्नुभयो । गत वर्षको प्रिमियम शुल्क समेत पाएको छैन, यस वर्षको त कहिले हो कहिले ? किसानहरुवाट जम्मा भए २५ प्रतिशत प्रिमियम रकममा हामीले कृषि बीमा गर्दै आइरहेका छौ, उहाँले बताउनुभयो ।

बीमा गर्दा लागतको आधारमा बीमांक हुने र त्यही आधारमा दाबी रकम पाँउने व्यवस्था रहेको छ । किसानहरुले उत्पादनको आधारमा भन्दा लागतको आधारमा बीमांक हुने र त्यहि अनुरुपको दाबी रकम पाउने भएकोले किसानहरुको लागत यस बीमाले सुरक्षित गर्दछ । तर सरकारवाट पाउनु पर्ने प्रिमियम रकम भने समयमै नपाएको बीमा कम्पनीहरुको गुनासो छ । सरकारले अनुदानबापतदिनु प्रिमियममा ढिला गरेपछि कृषकहरुवाट २५ प्रतिशत प्रिमियम शुल्क लिएर पोलिसी इस्यु गर्दै आइरहेका छन ।

कृषि बीमाले कृषि क्षेत्रका पशुपालन, पंछीपालन, माछापालन, तथा धान, तरकारी, आलु खेती, फलफूल खेती आदि व्यवसायहरूमा आगलागि, दैवीप्रकोप (भूकम्प, बाढी, पहिरो, आँधीबेहरी), रोग, किराबाट हुने हानी नोक्सानीको बीमा सुरक्षा प्रदान गर्दछ ।
बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले २०६९ देखि कृषि बीमा सुरु गरेको हो ।

त्यसबेला कृषि बीमा प्रति कृषकहरु त्यति आकर्षित थिएन् । सरकारले सुरुमै कृषहरुलाई कृषि बीमामा आर्कर्षित गराउनाको लागि बीमामा ५० प्रतिशत अनुदान दिएको थियो । तर पनि कृषकहरु कृषि बीमामा आर्कर्षित हुन सकेन । त्यस पछि फेरी सरकारले आर्थिक वर्ष २०७२÷७३ देखि कृषकलाई उत्पादन लागतमा घाटा नहोस् भनेर कूल बीमा प्रिमियमको ७५ प्रतिशत अनुदान दिने निर्णय गरेको हो । त्यसै अनुरुप कृषि बीमाको क्षेत्रमा जति प्रिमियम लाग्ने हो, त्यसको अनुपातमा लाग्ने ७५ प्रतिशतप्रिमियम नेपाल सरकारले अनुदान दिदै आएको छ । बाकीँ २५ प्रतिशत प्रिमियम किसान आफैँले व्यहोर्नु पर्दछ । सरकारले प्रिमियममा अनुदान दिएपछि कृषि बीमागर्ने किसानहरूको संख्यामा बृद्धि भैरहेको छ ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....