Nepal Life Insurance

साताको पहिलो दिन आइतबार, बीमा समुहको कारोबार २ दशमलब ४७ प्रतिशत सिमित

प्रकाशित मिति: १५ श्रावण २०७४, आईतवार १०:३७

Beema News

बीमा न्युज,

काठमाडौं÷साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्जमा बीमा समुहको सुचक खासै परिवर्तन हुन सकेन । जसले गर्दा बीमा समुहको कारेबार समेत घटेको छ । बिहिबार साताको अन्तिम दिन बजार बन्द हुँदा १ सय ६० दशमलव ५३ अंकको गिरावटमा बन्द भएको सुचकमा   उल्लेख्य बृद्धि हुन सकेन। आइतवार ८१ दशमलब ८८ अंकमा सिमित हुदा सुचक शुन्य दशमलब ८५ प्रतिशत रहेको छ । नौ हजार पाँच सय ९४ दशमलव ०४ अंकमा उक्लिएको बीमा समुहमा ३९ करोड २७ लाख ३५ रुपैँयाको मात्रै सेयर कारोबार भएको छ । आइतवार कुल ९६ करोड ८६ लाख ३१ हजार नौ सय ७१ रुपैंयाको सेयर किनबेच भएको छ । त्यसमा बीमा समुहले दुइ दशमलब ४७ प्रतिशत हिस्सा ओगटेको छ ।

बीमा समुहमा सकारात्मक परिवर्तन नदेखिए पनि धेरै कारोबार गर्ने १० वटा कम्पनीको सूचिमा पाँच बीमा कम्पनी रहेका छन् । आठ करोड ८६ लाख ९२ हजार ६१ रुपैंयाको सेयर कारोबार भएर प्रभु इन्स्योरेन्स सूचीको पहिलो स्थानमा बसेको छ । प्रभु इन्स्योरेन्सलाई कारोबार रकमका आधारमा पाँच करोड ७३ लाख ४४ हजार चार सय ४० रुपैंयाको कारोबार गरी प्राइम लाइफ इन्स्यारेन्सले पछ्याएको छ । त्यसै गरी नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स धेरै कारोवार गर्ने शिर्ष १० स्थानमा पर्न सफल भएको छ ।

कारोबार भएको सेयर संख्याका आधारमा भने प्रभु इन्स्योरेन्स मात्रै छैटौं स्थानमा रहँन सफल भएको छ । धेरै कमाउने शिर्ष १० स्थानमा पनि प्रभु इन्स्योरेन्स मात्रै सातौं स्थानमा रहेको छ ।


आइतबार अधिक सेयर मूल्य घट्ने शिर्ष १० कम्पनीको सूचीमा २ वटा बीमा कम्पनी  रहेका छन् । जसमा प्राइमलाइफ इनस्योरेन्सको सेयर मूल्य ५ दशमलव ९० प्रतिशतले घटेको छ । त्यस्तै लाईफ इन्स्योरेन्सको सेयर मूल्य झण्डै दुई दशमलब ४० प्रतिशतले घटेको छ । बजार खुल्ला भए देखि नै बीमा कम्पनीको सेयर मूल्यमा सकरात्मक परिवर्तन आउन सकेको थिएन ।

 

आइतबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ५२ कम्पनीका १७ लाख ७१ हजार चार सय आठ कित्ता सेयरहरु आठ हजार दुई सय ८० वटा कारोबारबाट ९६ करोड ८६ लाख ३१ ह्जार नौ सय ७१ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....